के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेला यो जिज्ञासा छ।

 

नियामक निकाय प्राधिकरणले आइतबार दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक र नेटवर्क सेवा प्रदायकलाई पत्र लेखेर अश्लील सामग्री समावेश भएका वेभ साइट बन्द गर्न निर्देशन दिएको छ।

 

इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले नेपाली समाजको मूल्य मान्यता तथा सामाजिक सद्भावमा खलल पुगेको, यौनजन्य हिंसा र विकृतिलाई प्रेरित गरेको सरकारको निष्कर्ष छ। 

 

सरकारले अश्लील सामग्रीमा प्रतिबन्धको निर्देशन दिँदा प्रविधिमा प्रतिवन्ध गर्न नखोजेको स्पष्टीकरण पनि दिएको छ।

 

प्राधिकरणका अनुसार नेपालमा अहिले कुल जनसंख्याको ५१ दशमलव १५ प्रतिशत अर्थात् डेढ करोड जनसंख्यामा तीब्र गतिको इन्टरनेट पहुँच पुगिसकेको छ। इन्टरनेटको पहुँचसँगै त्यसमार्फत् बालबालिकासमेत त्यस्ता सामग्रीको सम्पर्कमा सहजै पुग्न सक्ने स्थिति छ।

 

यौनजन्य सामग्रीको सहज पहुँचले बलात्कार, यौन दुव्र्यवहारलगायतका घटनामा सघाउ पुगेको निष्कर्षसहित सरकार प्रतिवन्ध लगाउनेसम्मको निष्कर्षमा पुगेको हो।

 

इन्टरनेटमार्फत् अश्लील सामग्रीमा हुने पहुँचमा रोक लागाउने सरकारको यो निर्णय पहिलो भने होइन। आठ वर्ष अघि ०६७ सालमै सरकारले यस्तो प्रयास गर्दा पनि सफल भएको थिएन। आजको नयाँ पत्रिकाबाट ।


थप समाचार

के तपाईलाई राज योगबारे थाहा छ ?

  • 1 hour ago
के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन

यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

  • 1 hour ago
यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

  • 1 hour ago
बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यस्ता मानिसहरुलले अरुलाई निकै इज्जत गर्छन् । त्यसकारण मानिसहरुका लागि आदर्श पनि बन्ने गर्छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।