IIMS College

ISMT

HUB Education

पोर्चुगलमा बुद्धको शान्ति सन्देश

  • आइतबार, ५ जेष्ठ, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लिस्बन । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो । 

 

बुद्धको मूर्ति, बुद्ध अङ्कित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ नेपाली वेशभूषामा सजिएका नेपाली समुदायले यहाँको मुख्य पर्यटकीय शहरलाई बुद्धमय बनाएका हुन् । रोसियोस्थित समुद्र किनारबाट शुरु भएको शोभायात्रा मुख्य पर्यटकीय क्षेत्रको परिक्रमापश्चात मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो । 

 

शोभायात्रामा बुद्ध वचनका साथै बुद्धम् शरणम् गच्छामी, धम्मं शरणम् गच्छामी, संघम् शरणम् गच्छामीलगायत बुद्धका शान्ति सन्देश प्रवाहित गरिएको थियो ।

 

यस्तै बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, नेपाल भ्रमण गरौँजस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो । शोभायात्रामा बौद्ध अनुयायीलगायत पोर्चुगलमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो । 

 

शोभा यात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कार्यक्रममा बोल्दै बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले बुद्धका ज्ञान, दर्शन र उपदेश विश्वसामु पुर्‍याउनु सबै नेपालीको दायित्व रहेको बताए । शोभायात्रामार्फत विदेशीलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको प्रचारप्रसार गरिएको वाणिज्यदूत हमालको भनाइ थियो । 

 

पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले बुद्धभूमि नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले बुद्धको सन्देशमाथि प्रकाश पार्नुभएको  थियो । यसअघि रोसियोस्थित काजा दि लाफोइसको हलमा धर्मगुरुद्वारा बुद्धको पूजाआराधना गरिएको थियो ।


थप समाचार

वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

  • 1 minute ago
वास्तिवक तर पत्याउन गाह्रो ! यी कलाकारहरुको छ समान उमेर

एजेन्सी । बलिउडमा लामो समय आफ्नो कला देखाइसकेका अभिनेता तथा अभिनेत्रीहरुले बलिउडमा आफ्नो एउटा परिचय बनाइसकेका छन् । बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जसको उमेर एउटै रहेको छ ।

अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

  • 5 minutes ago
अस्पताल पुगेका प्रचण्डलाई चिकित्सकले दिए दाँत निकाल्नुपर्ने सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारको लागि अस्पताल पुगेका छन् । उनी दाँतको उपचार गर्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

  • 6 minutes ago
महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस सम



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।