head_line: स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता date_line: राष्ट्रिय समाचार समिति (रासस) news_content: काठमाडौँ, २१ कात्तिक : दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् । बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्सले नेपाललाई दुई स्वर्ण पदक दिलाएका हुन । त्यस्तै पुरुष ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले नेपाललाई दुई काँस्य पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए । पदक विजेता टोलीलाई साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । ––– To download file please go through following link: http://rssnepal.org.np/api/fetch/file?renderType=download&path=image_text%5C202311%5C202311072030-6ede14db-cd17-41e6-833b-b11cf8063bc9.jpg