आज पीपीएल फाइनल, कसले जित्ला उपाधि ?

  • मंगलबार, २० कार्तिक, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्त आज हुँदैछ । उपाधिको लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको हो । 

 

यस उपाधि भिडन्तमा नेपाली क्रिकेटका दुई राम्रा खेलाडीहरु पारस खड्का र शरद भेषवाकरको टिमबीच प्रतिस्पर्धा हुन लागेको हो । पारस खड्काको कप्तानीमा चितवन राइनोज रहेको छ भने शरद भेषवाकरले पोखरा पल्टनको कप्तानी गरिरहेका छन् । यसअर्थमा पनि यो उपाधि भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।

 

पीपीएलको लिग चरणको खेलमा शरदको पोखरा पल्टनले पारसको चितवनलाई ५ विकेटले पराजित गरेको थियो । आजको  फाइनल खेलमा पारसको टिम पोखरासँग बदला लिने दाउँमा छ । तर, पोखराको टिमलाई सहजै हराउनसक्ने स्थिति छैन ।

 

पोखरा लिग चरणको खेलमा शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो । तर, चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । 

 

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

 


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।