प्रचण्ड पत्नीसँगै स्वदेश फर्कने, के छ सिताको स्वास्थ्य अवस्था ?

  • मंगलबार, १२ आषाढ, २०७५
  • 6 months ago
  • नेपाल

काठमाडौ‌ं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको छ ।

 

स्वास्थ्य स्थितिमा समस्या देखिएपछि नेपालमै उपचार गराउँदै आएकी सीतालाई थप उपचारका लागि रिफर गरिएपछि सिङ्गापुरस्थित माउण्ट एलिजाबेथ अस्पतालका डाक्टरसँग परीक्षण गराइएको छ । अहिले  दाहालले चिकित्सकको निगरानीमा वाटर थेरापी र औषधी लिइरहेएको छोरी गंगा दाहालले बताइन् ।

 

सितासँगै अध्यक्ष प्रचण्ड तथा छोरी गंगा दाहालसमेत सँगै गएका थिए ।  तर, छोरी गंगा भने फर्किसकेकी छन् । उनी गत असार १० मा सिङ्गापुरबाट फर्किएकी हुन् । 

 

फर्किएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै भनेकी छन्, ‘सबै कुराको परीक्षणपछि डाक्टरले वाटर थेरापी र प्रत्यक्ष निर्देशनमा औषधी सेवन गर्ने सल्लाह दिएका छन् ।’ 

 

यस्तो छ गंगाको फेसबुक स्ट्याटस ?

ममिको उपचारका लागि सिंगापुर पुगेर नेपाल फर्किएको छु । वाटर थेरापी र डक्टरको प्रत्यक्ष निगरानिमा औषधी सेवन गर्ने सल्लाह अनुसार अझै एक हप्ता तेही बसेर उपचार गर्ने र अहिले ममीको स्वास्थ्यमा निकै सुधार आएको छ । 

 

देशको राजनीति र व्यस्तताका बाबजूद पनि ममिको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै एक हप्तापछि नेपाल फर्कनुहुनेछ। ममिको स्वास्थ्य र हाम्रो परिवारप्रति चिन्ता, चासो र शुभेच्छा राख्नुहुने सबैमा आभारी छौं ।

 

‘आमाको स्वास्थ्यमा अहिले निकै सुधार देखिएको छ, आजैमात्र सम्पर्क भएको थियो, आज फ्लोअप परीक्षण थियो’ उनले भनिन्, ‘डाक्टरले अझै एक हप्ता थप अबजरवेसनमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।’

 

छोरी गङ्गा दाहाल फर्केपनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्ड भने सिङ्गापुरमा पत्नीसँगै छन् । हरेक दिनजसो राजनीतिक काममा व्यस्त रहने प्रचण्ड यदाकदा एक दुई दिनका लागि परिवारसँग समय बिताउने भएपनि यसपटक भने उनले लामै अवधि परिवारलाई समय दिएका छन् । 

 

२०३५ सालदेखि निरन्तर पूर्णकालिन कार्यकर्ता भएर सक्रिय प्रचण्ड अझै एक हप्ता सिङ्गापुर बस्ने छोरी गङ्गाले बताइन् । 

 

‘बुवालाई हामी बस्छौं, तपाई जानुपर्ने भए फर्किनुस् भन्यौं’ गङ्गाले भनिन्, ‘तर, वहाँले म बस्छु, तिमीहरु फर्क भन्नुभयो ।’’

 

परिवारका लागि खासै समय दिन नसकेका प्रचण्डले यसपटक भने परिवारका लागि समय दिएको उनले बताइन् । ‘मेरा लागि आजसम्म परिवारले समर्पण गर्यो, दुःखकष्ट ब्यहोर्यो, मैले भने व्यक्तिगत जीन्दगीमा परिवारलाई कहिल्यै समय दिइन, यसपाली मै बस्छु भने, अनि हामी फर्कियौं ।’ गङ्गाले भनिन्, ‘अब एक सातापछि बुवा आमा सँगै फर्किनुहुन्छ ।’


थप समाचार

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 15 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 27 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 34 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।