नेपालको शान्ति प्रक्रियाका नेतृत्वकर्तालाई विश्वमा स्थापित गर्न पहल गरौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपालको अहिलेको राजनैतिक परिवर्तन अनुकरणीय र संसारकै मौलिक भएको बताउनुहुँदै त्यसका नेतृत्वकर्ताहरुलाई विश्वमा स्थापित गर्न पहल गर्नुपर्ने बताएका छन् ।

 

११ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा गणेशमानसिंह जन–आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा गणतन्त्र दिवसको संस्मरणमा ‘संविधानको गतिशीलता र राजनैतिक दलको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले नेपालको परिवर्तनमा मुख्य भूमिका खेल्ने नेतृत्वलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउनु पर्ने बताए । 

 

प्रचण्डले भने, ‘सात राजनीतिक दलको तर्फबाट शान्ति सम्झौताका हस्ताक्षरकर्ता दिवंगत नेता गिरिजाप्रसाद कोइराला र निकै ठूलो जोखिम उठाएर र ठूल्ठूला क्षति व्यहोरेर बिद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतन्त्रमा रुपान्तरण गर्ने हामी दुबै शान्ति सम्झौताका हस्ताक्षरकर्तालाई अन्तराष्ट्रिय रुपमा स्थापित र पुरस्कृत गर्न किन पहल गर्दैनौं ? यसका लागि हामीमा किन जाँगर आउँदैन ?’

 

नेपालको ऐतिहासिक परिवर्तनलाई सम्मानित गर्ने, सात राजनैतिक दल र नेकपा माओवादीका सबै नेताहरुलाई सम्मानित गर्ने र नेपालको लोकतान्त्रिक आन्दोलनको इज्जत प्रतिष्ठालाई विश्वभरि स्थापित गर्ने कार्य नेपाल राष्ट्रका लागि महान् हुने अध्यक्ष प्रचण्डको भनाई थियो ।

 

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तन अन्यत्रको भन्दा मौलिक ढंगले सम्पन्न भएको हो भन्ने भावी सन्ततीको निम्ति पनि यो ठूलो पाठ हुने बताए ।

 

 ‘हामीले यसो गर्यौं भने यो कुरा गिरिजाप्रसाद र प्रचण्डको लागि मात्र हुँदैन । हाम्रो इज्जत, प्रतिष्ठा, त्याग, तपस्या र बलिदानलाई सम्मानित गर्न र मानव जातिकै निम्ति एउटा राम्रो उदाहरण हो भनेर प्रस्तुत गर्न अरु त चाहँदैनन् नै तर हामी नै पनि किन बल गरिरहेका छैनौं,’ प्रचण्डले भने । उनले नेपालीहरुले नै यसको लागि पहल गर्नुपर्ने बताए ।

 

प्रचण्डले नेपालको राजनीतिक इतिहासका सन्दर्भमा वामपन्थी र प्रजातन्त्रवादी भन्ने दुईटा बिचार बोकेका पार्टीहरु आपसमा सहमति गर्दा ठूलाठूला परिवर्तन भएका र एकआपसमा आशंका र निषेध गर्दा देश पछाडि धकिलिएको स्मरण गराए ।


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 5 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 6 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 9 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।