नेता इतिहास र जनताले पैदा गर्ने कुरा होः अध्यक्ष प्रचण्ड

Education Park

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने बिषय भएको बताएका छन् । अध्यक्ष निवास खुमलटारमा शनिवार बिहान नेत्रविक्रम चन्द नेतृत्वको समुह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका छन् । 

 

अध्यक्ष प्रचण्डले भने, ‘कसैलाई रहर लागेर नेता हुन सक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो ।’

 

उनले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदान पछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए । प्रचण्डले भने, ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रिया मार्फत समाजवादको तयारीमा छौं ।’

 

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिईने बताए । उनले भने, ‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताहरु प्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।’

 

नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नं. २ बाट माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन् ।

 

उनीहरुले चन्द नेतृत्वको समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेको बताए । अबको समाजवादी क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु नेकपामा प्रवेश गरेको उनीहरुको भनाई थियो ।


थप समाचार

सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन : परिणाम निस्किने गरी काम गर्नुस्

  • 28 minutes ago
सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन : परिणाम निस्किने गरी काम गर्नुस्

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालय

ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

  • 43 minutes ago
ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडौँ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले नेपालमा हुने वैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 1 hour ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।