प्रचण्डसँग साँच्चिकै रिसाएका हुन त ओली ?, देखिए यस्ता संकेत !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सम्बन्धमा दरार उत्पन्न भएको छ ।

 

भारत भ्रमणमा जानुअघि प्रचण्डले आफ्नै निवासमा सम्पादकहरुसँग मन्त्रीमण्डल हेरफेर हुनसक्ने बोलेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर मन्त्रीहरुसमेत सशंकित भएका थिए । 

 

सरकार गठन भएको यतिका महिना बितिसक्दा पनि मन्त्रीहरुले राम्रो ‘पफर्मेन्स’ देखाउन नसकेको प्रचण्डको गुनासो छ ।

 

तर, प्रचण्ड भारत भ्रमणमै रहेका बेला प्रधानमन्त्री ओलीले अहिले कोही पनि मन्त्रीहरु हेरफेर नहुने सार्वजनिक घोषणा नै गरे । प्रचण्डलाई साईजमा ल्याउनको लागि ओलीले यस्तो अभिव्यक्ति दिएको नेकपाकै एक नेताले जानकारी दिए ।

 

हालै काठमाडौंमा सम्पन्न चौथो विम्स्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यासका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेपालमा चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले संयुक्त सैन्य प्रस्तावमा आफूहरुले सहमति नगरेको जनाईसकेका छन् ।

 

तर, नेकपाकै अर्का अध्यक्ष प्रचण्डले भने संयुक्त सैन्य अभ्यासबारे कुनै विरोध जनाएका छैनन् । प्रचण्ड भारत भ्रमणमै रहेका बेला नेपालले संयुक्त सैन्य अभ्यासमा भाग नलिने सरकारको तर्फबाट आधिकारिक भनाई सार्वजनिक भएको छ । अध्यक्ष प्रचण्ड भारत भ्रमणमै रहेका बेला मोदीसँगको सम्बन्ध बिर्गानको लागि ओलीले यस्तो कदम चालेको हुनसक्ने स्रोतको दाबी छ ।

 

उता प्रचण्डले भने आफू र प्रधानमन्त्री ओलीबीच सुमधुर सम्बन्ध रहेको दाबी गरेका छन् । नयाँ दिल्लीमा पत्रकार ऋषि धमलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्री र मबीच अहिले राम्रो सम्बन्ध छ । हामीले सहमतिमै सबै निर्णयहरु गर्दै आईरहेका छौं । मन्त्रिमण्डल हेरफेर गर्ने वा नगर्नेबारेपनि हामी सहमतिमै निर्णय गर्छौं ।’


थप समाचार

बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

  • 7 minutes ago
बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन हुनु

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

  • 13 minutes ago
तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।