गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

फाइल फाेटाे

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् ।

 

लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङबेँसीमा आयोजना गरेको हो (मृग वर्ग) ल्होसार कार्यक्रममा उनले घले जातिलाई आदिवासीमा सुसूचित गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाए । 

 

पूर्व प्रधानमन्त्री प्रचण्डले घले जातिको आफ्नै परम्परा, संस्कृति, वेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सुसूचित नभएकोमा आफूहरूको केही न केही गल्ती भएको स्वीकार गरे । 

 

पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताए । उनले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गरे । 

 

कार्यक्रममा सहभागीलाई भेँडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो । ल्होसारमा १६ राष्ट्र र नेपालका ३६ जिल्लाबाट सहभागी भएका थिए । पुछार बजारबाट झाँकीसहित निकालिएको र्‍याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।


थप समाचार

आठौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

  • 16 minutes ago
आठौं  राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपिएफलाई उपाधि

बाँके । नेपालगञ्जमा जारी रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला भलिबलको उपाधि सशस्त्र प्रहरी (एपीएफ) ले हात पारेको छ । तीन सुन्यको सोझो सेटमा प्रदेश ३ लाई पराजित गर्दै एपिएफले जित निकालेको हो

लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

  • 30 minutes ago
लोकतन्त्र दिवसः जनताको प्रश्न कहिले हुन्छ देशको समृद्धि

दलहरुमा प्रतिबन्ध लाएर सत्ताको डोरी समातेर दरबारमा बसेको राजालाई झुकाएको दिन हो आज । १२ वर्षअघि जनताको बलमा राजाले लिएको सत्ता नागरिकको

डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

  • 43 minutes ago
डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।