प्रचण्डले भनेः कुनै बहाना देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था छैन

बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र आवश्यकता रहेको बताएका छन्।

 

ने क पा महोत्तरीले सोमबार जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताए। ‘मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ प्रदेशमा हाम्रो पार्टीको सरकार छ।’, अध्यक्ष दाहालले भने,‘अब मुलुकको पछौटेपन अन्त्य गर्न नसकेको कुनै बहाना देखाउने छुट हामीलाई छैन।’ 

 

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा पार्टीको बलियो उपस्थिति रहेको अहिलेको बेला सम्पूर्ण पार्टी पंक्तिका लागि खास अवसर रहेको उनको टिप्पणी थियो। 

 

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अब चाँडै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने कानुनी आधार तयार गर्न सरकार लागिपरेको बताए। यद्यपि कुनै अङ्गीकृत नागरिक मुलुकको उच्च पदमा जान पाउने कुरामा आफ्नो पार्टी र सरकार नरहेको उनले स्पष्ट पारे।

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकार रुग्ण बनाइएका उद्योग पुनःसञ्चालनमा ल्याउन र ग्रामीण भेगमा लघु उद्योग स्थापना गरेर रोजगारीका नयाँ सम्भावना बढाउन प्रतिबद्ध रहेको बताए।

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीसहितका प्रदेश २ को पछौटेपन अन्त्य गर्न शिक्षालाई मुख्य प्राथमिकतामा राखेर सरकार अघि बढेको धारणा राखे। 

 

सो अवसरमा अध्यक्ष दाहालले जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष वरुणकुमार दाहाल, राजनीतिक सामाजिक अगुवा राजकिशोर साह (सुब्बा सिंह) सहित २ सय १ जनालाई पार्टीमा स्वागत गरेका थिए। रासस


थप समाचार

काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

  • 10 minutes ago
काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक आगामी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ । काँग्रेस सांसदहरूले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील

फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

  • 15 minutes ago
फिल्म ‘दंबग ३' मा सलमान खानलाई टक्कर दिन भिलेनकाे राेलमा देखिदैछन् यी अभिनेता

पछिल्लो समय रिलिज भएको सलमान खानको फिल्म रेस ३ ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । तर, उनको फिल्मले निर्मातालाई घाटा पनि बनाएको छैनन् । एकपछि अर्को फिल्ममा भने उनी व्यस्त रहेका छन् ।

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

  • 34 minutes ago
काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीम



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।