विप्लवले मेराे हत्या गर्न टिम खटाएकाे सूचना पाएकाे छु : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई विप्लव समूहले हत्या गर्न टिम खटाएको जानकारी पाएको बताएका छन् ।

 

वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले आफुलाई १ नम्बरमा राखेर हत्या गर्ने योजनामा विप्लव समूह रहेको सूचना सरकारबाट प्राप्त भएको बताए ।

 

प्रचण्डले आफुलाई त्यस्तो सूचना प्राप्त भए पनि कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् । 

 

उनले भने, ‘कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।’ अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिए । 

 

पार्टी एकीकरणबाट बलिदानको कीतिर्मानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन नसकिने बताए । 

 

अध्यक्ष प्रचण्डले विप्लवलाई लक्षित गर्दै भने, ‘निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।’ उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । 

 

उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए । 

 

अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए । तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रुपमा केही दिनमा नै हुनेसमेत उनल जानकारी गराए ।  


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 7 hours ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 10 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 10 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।