IIMS College

ISMT

HUB Education

मन्त्रिमण्डल फेरबदलकाे विषयमा प्रचण्डकाे निजी सचिवालयले गर्‍याे खण्डन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले मन्त्रिमण्डल फेरबदलको विषयमा उनलाई जोडेर प्रसारित समाचारहरूको खण्डन गरेको छ ।

 

मन्त्रिमण्डल फेरबदलको लागि नेकपाको सचिवालय बैठकले सैद्धान्तिक सहमति दिएको भोलिपल्ट सोमबार प्रचण्ड निवास खुमलटारमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालदेखि अन्य केही नेता र मन्त्रीहरू छलफलका लागि पुगेका थिए ।

 

मन्त्रिमण्डल फेरबदलमा अध्यक्ष प्रचण्डले आफ्नी बुहारी अर्थात् खानेपानी मन्त्री बिना मगरलाई नहटाउन अडान लिएपछि फेरबदलमा ढिलाई भएको समाचार प्रकाशित भएको थियो ।

 

सो सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रसारित समाचारहरू तथा प्रकाशित समाचारहरू अनर्गल र भ्रामक रहेको प्रचण्डको निजी सचिवालयको दाबी छ । 

 

‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहेको विदितै रहेको खण्डनमा बताइएको छ ।

 

‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं’, खण्डनमा भनिएको छ ।

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 2 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।