प्रचण्ड र ‘रअ’बीच सिङ्गापुरमा चार चरणमा वार्ता !

काठमाडौं । झण्डै दुईसाता लामो सिङ्गापुर बसेर काठमाडौं आएका पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार पटकसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिनिधि र गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिहरूसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । 

 

प्रचण्डले सिङ्गापुरमा ‘रअ’का उच्च अधिकारीहरूसँग गरेको कुराकानीका बारेमा केही बताइएको छैन । तर, प्रचण्डलाई ‘रअ’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन दवाव दिएको उच्च स्रोतको भनाइ छ ।

 

‘रअ’ले नेपालमा सांस्कृतिक राजसंस्था, हिन्दूराष्ट्रका पक्षमा लचिलो बन्न प्रचण्डलाई दवाव दिएको छ । जवाफमा प्रचण्डले तत्काल केही गर्न नसक्ने तर, वातावरण बनाउन भने सक्ने जनाएको स्रोतको दावी छ । नेपालमा कम्युनिस्टहरूको बढ्दै गएको वर्चस्वबाट भारत र अमेरिकाले चिन्ता जनाउँदै आएका छन् । नेपालमा कम्युनिस्टहरूको दबदवा अन्त्य गर्नेबारेमा अमेरिका र भारतले मिलेर मिशन शुरु गरेको स्रोतको भनाइ छ ।

 

प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारबाट आजित भएको भन्दै ‘रअ’का प्रतिनिधिहरूले छिटोभन्दा छिटो यस विषयमा केही गर्नुपर्ने सुझाव प्रचण्डलाई दिएको स्रोतको भनाइ छ । ओलीले भारततिर झुकाव राखेपनि भारतले विश्वास गरिहालेको छैन । चीनसँग ओलीको साँठगाँठ अहिले पनि रहेको आरोप छ ।

 

पत्नी सीता दाहालको उपचार सँगसँगै प्रचण्डले आफ्नो राजनीतिक उद्देश्यअनुसार काम गरेको स्रोतको भनाइ छ । सिङ्गापुरबाट फिर्ता आएपछि प्रचण्डले देखिने गरेर भन्दा पनि नदेखिने गरेर आफू निकटका नेताहरूसँग गोप्य वार्ता र परामर्श गर्दै आएका छन् । त्यति मात्रै होइन प्रचण्डले पूर्व एमालेका नेताहरूलाई समेत आफूतिर तान्ने प्रयास गरेका छन् । आजको युनाइटेड पोष्टबाट ।


थप समाचार

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

  • 2 hours ago
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको  प्रयास

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।

अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

  • 4 hours ago
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 12 hours ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।