प्रचण्डकाे प्रश्न : डा. केसीको पुच्छर समातेर काँग्रेसले के गर्न खोजेको हो ?

फाइल फाेटाे

काठमाण्डौ । राष्ट्रिय राजनीतिका विषयहरूमा लामो समय मौन रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा काँग्रेसप्रति आक्रामक हुँदै आफ्नो मौनता तोडेका छन् ।

 

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले डा. केसीको मुद्दालाई उचालेर काँग्रेसले राजनीति गर्न खोजेको भए काँग्रेसको अवसानको बाटो शुरू भएको टिप्पणी गरे ।

 

‘हामी डा. केसीसँग वार्ता गर्न तयार छौँ । तर, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ? काँग्रेस केसीको पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ? के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो ?’, प्रचण्डले प्रश्न गर्दै भने, ‘के काँग्रेस एजेन्डाविहीन भएको हो ? गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो । काँग्रेसको अवसानको बाटो शुरु भयो ।’

 

प्रचण्डले डा. केसीको माग पुरा गर्ने विषयमा आफु, प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवाबीच कुरा भएको र यस्तो भेटमा देउवाले काँग्रेसको छुट्टै माग नरहेको र केसीले माने काँग्रेसले स्वीकार गर्ने जवाफ दिएको बताए ।

 

‘हामीले हिजो मात्रै शेरबहादुर देउवाजीसँग छलफल गरेका थियौं’, प्रचण्डले भने, ‘देउवाजीले डा. केसीलाई मनाउनुस् हामी मान्न तयार छौं । उहाँ मान्नुभएन भने हाम्रो आन्दोलन जारी छ भन्नुभयो ।’


थप समाचार

यस्तो रहेको छ तपाईको आजको भाग्य

  • 9 minutes ago
यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँस

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

  • 20 minutes ago
पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।

रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

  • 22 minutes ago
रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।