काँग्रेस सक्कियोः प्रचण्ड

  • सोमबार, ७ साउन, २०७५
  • 8 months ago
  • नेपाल

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्ष दल काँग्रेसको कडा आलोचना गरेका छन् । उनले गोविन्द के सीको मागलाई अघि तेसारेर  काँग्रेस आफ्नो अस्तित्व पनि गुमाउन लागेको बताएका छन् । उनले भनेका छन्,‘काँग्रेसको यही ताल हो भने काँग्रेस सक्कियो । यही अवस्था रहेमा केही वर्षमा नै काँग्रेस लोप हुनेछ’ ।  

 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब काँग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गरे । 

 

“प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धिका लागि उल्ट्याउन नियोजित षडयन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन् । के काँग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने काँग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन । नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ ।” 

 

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको जनाउँदै भने, “केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उनीहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् रु कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?” 

 


थप समाचार

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 11 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।

कोशकार नेपालको निधन

  • 19 minutes ago
कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा

  • 25 minutes ago
प्रधानमन्त्रीलाई कालो झण्डा

रुपन्देही । रुपन्देहीको जितगढीमा विजयोत्सव मनाउन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज कालो झण्डा देखाइएका छ । अर्घाखाँचीका एक व्यक्तिले प्रधानमन्त्री भाषण गरिरहेको बेलामा कालो झण्डा देखाइएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।