प्रचण्डले कलैया पुगेर हिन्दीमा भाषण गर्दै भने : संविधानलार्इ पूर्ण मानेका छैनाैं

फाइल फाेटाे

काठमाण्डु । कलैया उपमहानगरपालिकास्थित सडक शिलान्यास कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दीमा भाषामा भाषण गरेका छन् ।

 

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रूपमा हिन्दीमा भाषण गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डले नागरिकता समस्या, संविधान संशोधनदेखि तराई–मधेसको विकासबारे आफ्नो पार्टी र सरकारको धारणा राखे ।

 

सम्बोधनको सुरुमा नेपालीमा बोलेका उनले बीचमा पुगेपछि हिन्दीमा सम्बोधन गरेका हुन् । प्रचण्डले आफूले भोजपुरी भाषा बुझ्ने भए पनि उच्चारण गर्न नसक्ने भएकाले हिन्दीमा बोल्ने बताए । 

 

‘अगर आप को हिन्दी समझ्ने मेँ केही दिक्कन नहिँ हो तो मै हिन्दी मे बोल्ने को तयार हुँ’, प्रचण्डले यति भनेपछि हिन्दीमा भाषण सुरु गरे ।

 

‘राजपा र फोरमलाई पनि संविधान मान्ने अवस्थामा आफैँले ल्याएको हो । मधेसी आदिवासी जनजाति सबैले लडाइँ नगरेको भए गणतन्त्र आउँदैनथियो’, उनले भने, ‘यो संविधानलाई हामीले कहिल्यै पूर्ण मानेका छैनौँ, यसलाई गतिशिल दस्तावेज मानेका छौँ । मधेसी जनताको उचित भावनालाई सम्बोधन गर्न प्रतिवद्ध छौँ ।’

 

अध्यक्ष प्रचण्डले संविधान संशोधनबारेमा प्रधानमन्त्री केपी ओली, आफू र फोरम उपेन्द्र यादवबीच एक राजनीतिक सहमति भएको पनि खुलासा गरे । 

 

‘मधेसी जनताको माग संविधान संशोधन मार्फत् सम्बोधन गर्ने छौँ, त्यो तयारी भएको छ । हामीले त्यो सहमति पनि गरेका छौँ’, हिन्दीमा बोल्दै उनले भने, ‘यो संविधान मधेस, पहाड र हिमालको बनाउन परिमार्जन गरेर अघि बढ्न तयार छौँ ।’

 

भिडियाेः

 


थप समाचार

काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

  • 21 minutes ago
काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

काठमाडौं । शंकर न्यौपाने दृष्ट्रिविहीन हुन् । उनलाई राजधानीको सडकपेटीमा हिँड्न बहुत कठिन छ । सडक पार गर्न त झन् सास्ती ।

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

  • 22 minutes ago
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 28 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।