प्रचण्ड भदौ अन्त्यमा भारत र असोजमा चीन जाने

फाइल फाेटाे

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल भदौको अन्तिम साता भारत जाने भएका छन्। उनले भदौ २२ देखि २७ गतेसम्म भारत र असोज १ गतेदेखि चीन भ्रमण गर्ने तयारी गरेका छन्। अध्यक्ष दाहालको भारत र चीन भ्रमणको मिति तय भइसकेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

 

दाहालको भ्रमण नयाँ सरकारको प्राथमिकता, आर्थिक विकास र समृद्धिको लक्ष्यको कार्यान्वयन त्रिपक्षीय सहयोग र कनेक्टिभिटीमा केन्द्रित हुने उनले बताए। नयाँ राजनीतिक समीकरण तयार भएपछि श्रीमती सीता दाहालको उपचारमा सिंगापुर गएयता दाहाल विदेश भ्रमणमा गएका छैनन्।

 

पहिला भारत जाने तयारीका कारण चीन भ्रमणको मिति पछि सारिएको स्रोतको दाबी छ। भारत भ्रमणका क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने दाहालको सचिवालयले जानकारी दिएको छ। राजनीतिक, आर्थिक र द्विपक्षीय सम्बन्धलगायत विषयमा भारतीय नेतासँग दाहालले छलफलसमेत गर्नेछन्।

 

नेपालले लामो राजनीतिक कोर्स पूरा गरेकाले अब विकासको बहस गर्न दाहाललाई मोदीले बोलाएको र सोहीअनुसार भ्रमण तालिका तय भएको स्रोतको दाबी छ। चीनले पनि केही समयअघि दाहाललाई औपचारिक भ्रमणको निम्ता पठाएको थियो। आजको अन्नपूर्ण पोस्ट्बाट ।


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 6 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 6 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 6 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।