Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमस्क र मोदीबीच भारतमा लगानीबारे छलफल

मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल


एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको बताएका छन् ।

विश्वका अति धनाड्य व्यक्तिमध्येका एक मस्कले भने, “भारतीय प्रधानमन्त्री मोदीले हामीलाई भारतमा महत्वपूर्ण लगानी गर्न आग्रह गर्नुभएको छ । हामी पनि यसका लागि सकारात्मक छौं र सही समय पत्ता लगाउने प्रयास गरिरहेका छौं ।”

नयाँ दिल्लीले पछिल्ला केही वर्षमा गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ ।

कोरोनाभाइरस महामारीपछि, धेरै कम्पनीहरूले चीनमा उनीहरूको आपूर्ति–श्रृङ्खला निर्भरता कम गर्न र दक्षिण एसियाली राष्ट्रको विशाल घरेलु बजारमा जोड्ने अवसरका रूपमा भारतमा आफ्नो उपस्थिति विस्तार गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT