कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छः अध्यक्ष दाहाल

Education Park

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । 

 

निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । 

 

आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो÷छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।” 

 

अध्यक्ष दाहालको भनाइ थियो “पाँच÷सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूला ठूलाले एकाधिकार जमाएका छन् ।” 

 

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने, “हर्जाना नलगाइकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ ।” 

 

व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले थपे, “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।” 

 

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन भने । फरक प्रसङ्गमा अध्यक्ष दाहालले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए । 

 

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए । 

 

कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई सम्मान गरिएको थियो ।  


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 6 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 6 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।