प्रचण्ड–मोदीबीचको १ घन्टा लामो भेटवार्तामा के कुरा भयो ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भारतबीच भएका सबै सम्झौता कार्यान्वयनको वचन दिएका छन् । मोदीले पछिल्ला उच्च तहका अन्तरक्रियाले दुई देशबीचको सम्बन्धको गति उच्च भएको समेत बताए ।

 

‘दुई नेताबीच नेपाल–भारत सम्बन्धमा भएका प्रगति र आपसी हितका विभिन्न इस्युमा छलफल भयो । प्रधानमन्त्रीले प्रचण्डसँग भएका विगतका संवाद स्मरण गर्नुभयो र नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गर्नुभएको मूल्यवान् योगदानप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो,’ भेटवार्तापछि मोदीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च तहमा भएको अन्तत्र्रिmयाबाट नेपाल–भारत सम्बन्धले उच्चतम गतिमा बढावा प्राप्त गरेको छ ।’

 

बिहीबार औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रचण्डले प्रधानमन्त्री मोदीसँग शनिबार शिष्टाचार भेट गरेका हुन् । मोदीनिवास ७ लोककल्याणमार्गमा करिब १ घन्टा लामो भेटवार्ता भएको थियो । प्रचण्डको सचिवालयका अनुसार वार्तामा नेपाल र भारतका प्रधानमन्त्रीको आपसी भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे छलफल भएको थियो । ३१ भदौ ०७३ मा प्रधानमन्त्रीका रूपमा प्रचण्डको पछिल्लो राजकीय भारत भ्रमण स्मरण गर्दै मोदीले त्यसवेला भएका सहमति कार्यान्वयन हुने पनि उल्लेख गरेका छन् । आजको नयाँ पत्रिकाबाट । 


थप समाचार

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

  • 44 seconds ago
ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

सुन र चाँदीको मूल्य स्थिर

  • 34 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 42 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।