आफ्नै सरकारको बचाउ गर्न छाडेर प्रचण्ड भारत अनि चीततिर

काठमाडौं । आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्ने गरेका प्रचण्ड अब भुराजनीतिक निसाना लगाउँदै । एउटै हेलिकप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ भदौमा । त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

 

खासगरी धनुषाको बर्मझियामा २४ बर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड ।

 

त्यहा ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए । उनले भने प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो । प्रचण्डलाई पुलकित बनाउने शब्दको फुलवर्षा गरेको एक साताभित्रै ओली किन तिक्तता साँँध्ने तहसम्म पुगे ? सत्ताराजनीतिको वरपर हिजोआज यहि जिज्ञासा सुरु भएको छ ।

किनभने ११ भदौमा बालुवाटारमा पुगेका सम्पादकहरुसँग ओलीले भनेका थिए, माओवादीले हिजो यो राजतन्त्रविरुद्ध हामी होईन क्यारे, भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो ।

 

सेनाविरुद्ध हमी छँदैछैनौँ भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित साँसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरी ती मोन्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेतालाई बोकेर कुद्थे गाडीमा । त्यसकारण लिँकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिनँ यो । तपाईहरु जान्नुहुन्छ, मेरो त्यत्रो धेरै एक्सेस छैन ।

 

त्यसको ९ दिनपछि अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ । पुनर्गठन गर्दा यो वा त्यो समुह हेरिन्न, भनेका भए पनि बुझ्न कठिन छैन । उनको असन्तुष्टि प्रधानमन्त्री ओलीमाथि नै हो ।

मन्त्रीलाई कस्तो निर्देशन दिने, कसरी काम लगाउने सबै जिम्मेवारी प्रधानमन्त्रीकै हो । प्रचण्डले प्रस्टै बुझिने भाषामा भनिरहेका छन्, जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतलाई निराशा पार्ने खालका गतिविधि देखिए भने – अब हामीले कुनै न कुनै स्टेप चाल्नैपर्छ । आज प्रकाशित नेपाल राष्ट्रिय साप्ताहिकबाट ।

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 3 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 3 hours ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 4 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।