स्वदेश फर्केपछि प्रचण्डले भने : भ्रमण सफल भयाे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमण सफल भएको बताएका छन् । 

 

चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ ।’ 

 

सरकारले गरेको समझदारी कार्यान्वयन गराउन मात्रै आफ्नो भ्रमण केन्द्रित रहेको उल्लेख गर्दै उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताए । 

 

सीमाक्षेत्रमा देखिएका समस्या समाधान गर्ने, नेपालको भौतिक पूर्वाधारमा लगानी बढाउने, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी बढाउने लगायत विषयमा भ्रमणमा क्रमममा महत्वपूर्ण छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । 

 

यस्तै भ्रमणका क्रममा संविधान कार्यान्वयन तथा सरकारले आत्मसात् गरेको आर्थिक समृद्धिको लक्ष्यलाई साकार बनाउनका लागि भारतको उच्च राजनीतिक नेतृत्वसँग छलफल भएको उनको भनार्इ थियो । 

 

विकासनिर्माणका क्रममा आपसी सहयोगलाई वृद्धि गर्दै जाने विषयमा भारतीय नेतृत्वसँग विस्तारमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘नेपालको समृद्धि र विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्व र बुद्धिजीवीसँग छलफल भयो । यसले मलाई उत्साहित बनाएको छ ।’ 

 

दुई तिहाइ प्राप्त सरकारको पक्षमा वातावरण बनाउन आफू भारत भ्रमणमा गएको स्पष्ट पार्दै अध्यक्ष दाहालले भने, ‘नेपाली जनताको चाहनाजस्तै भारत सरकार र भारतीय जनताको चाहना पनि नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेको मैले पाएँ ।’ 

 

यस्तै भूकम्पपछिको पुनःनिर्माण, हुलाकी राजमार्गको निर्माण, पछिल्ला दिनमा भएका महत्वपूर्ण सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर सहयोग उपलब्ध गराउन आफूले भारतीय नेतृत्वसँग आग्रह गरेको अध्यक्ष दाहालले जानकारी दिए । 

 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको र त्यसमा आफू सफल भएको बताए । 

 

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘भ्रमणको कुनै राजनीतिक एजेण्डा थिएन । विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराएँ । उहाँहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।’ 

 

अध्यक्ष दाहालले पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने बताए । ‘समृद्ध नेपाल र सुखी नेपाल’ को राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीवीसँग महत्वपूर्ण छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न भ्रमण केन्द्रित रहेको बताए । 

 

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । त्यस्तै उनले भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गरिएको स्पष्ट पारे । 

 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारमा सहभागी मन्त्रीको फेरबदलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पछिल्लो प्रतिक्रियामा आफ्नो सहमति रहेको बताए । ‘मन्त्रीको फेरबदलका सम्बन्धमा प्रधानमन्त्रीको भनाइमा मेरो पनि सहमति छ । तर गल्ती गर्दाचाहिँ मन्त्रीमाथि कारवाही हुन्छ’, अध्यक्ष दाहालले भने । 

 

पूरक बजेट 

 

सरकारले पूरक बजेट ल्याउन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भने, ‘सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ । विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।’ 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 8 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।