प्रचण्डको भारतभ्रमण रहस्यमय

काठमाडौं । भावी प्रधानमन्त्रीको रुपमा प्रचारित पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेकै बेला पारेर केपी ओली सरकारले विष्मयकारी निर्णय गरेको छ । निर्णय हो, विम्स्टेक सैनिक अभ्यासमा नेपाल सहभागी नहुने । प्रचण्ड भारतमा भएकै बेला पारेर यो निर्णय गरिनुलाई निकै अर्थपूर्ण मानिएको छ । भारतले विमस्टेकलाई सैन्य गठबन्धनको समेत रुप दिने प्रयास गरेको खुलासा भइसकेको छ । 

 

भारतको यो चाहना विपरित ओली सरकारले निर्णय लिएको हो । जतिबेला ओली सरकारले यो निर्णय लिँदै थियो, त्यसैबेला भारतले चाँहि प्रचण्डलाई लगभग राकीय शैलीले स्वागत र व्यवहार गरेको थियो । 

 

पूर्व प्रधानमन्त्री र सिर्फ सांसद पदमा मात्र रहेका प्रचण्डलाई भारतले दिएको खातिरदारी र मानसम्मान अस्वभाविक भएको टिप्पणी गरिदैछ ।

 

प्रचण्ड नयाँ दिल्ली पुगेको बेला यता केपी ओलीले अर्कै घोषणा गरे । घोषणा थियो, मन्त्रिमण्डल पुर्नगठन हुँदैन । दिल्ली यात्रामा जानु अघि प्रचण्डले मन्त्रिमण्डल पुर्नगठनको तयारी भइरहेको घोषणा गरेका थिए । प्रचण्डले जे भने, ओलीले खण्डन गरे । मन्त्रिमण्डल पुर्नगठनको हल्ला चलाएर सरकारलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन् । 

 

जतिबेला दिल्लीमा प्रचण्ड नेपाल र भारतको आपसी सहयोग र समझदारीको विषयमा कुराकानी भयो भनिरहेका थिए, ठिक त्यही बेला यताबाट ओलीले दह्रो सन्देश दिए । त्यो सन्देश थियो, नेपाल । नेपालीको बारेमा कुरा गर्ने आधिकारिक मानिस प्रचण्ड होइनन् । आजको साँघु साप्ताहिकबाट । 

 


थप समाचार

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 45 minutes ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 7 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 8 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।