जब प्रचण्डले गरे यस्तो खुलासा

  • बुधबार, २७ भदौ, २०७५
  • 2 months ago
  • नेपाल

एकातिर सरकार आफ्नै कारणले कुहिराको काग बन्दैछ । भ्रष्टाचार र कालोबजारीविरुद्ध खरोसँग उत्रिने भनियो । भन्दाभन्दै कता अल्मलियो, पत्तो छैन । सेवा प्रवाह निराशलाग्दो स्थितिमा छ ।

 

यहीबीचमा नेकपा अध्यक्ष प्रचण्ड भारत गई ओलीसँग पार्टी वा सरकारको नेतृत्वका लागि आलोपालोको सहमति छ भनेर अर्को तुरुप फ्याँकिदिएका छन् । केन्द्रको एकतापछि कछुवा गतिमा बाँकी मन मिलाउने प्रक्रिया पूरै अस्तव्यस्त छ । संगठन प्रणालीमा आधारित कम्युनिष्ट पार्टीको सांगठनिक गतिविध महिनौं ठप्प हुनु जनताको बीचमा कायम भएको पकड क्रमशः फितलो बन्नु हो ।

 

तर, भारत पुगेर प्रचण्डले एकता, उत्साहको हैन, अवसरको कुरा गरेपछि यताका नेताले भन्न थालेका छन्, ‘किन त्यस्तो बोल्नुपरेको होला रु’

 

अहिले प्रचण्डको यही कुराले नेताहरु झस्किएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीदेखि माधव, झलनाथ, वामदेवसम्म पनि अब के गर्ने भनेर छलफलमा जुटेका छन् । एकताको काम रोकेर अवसरका कुरा गर्न थालिएपछि अवसरमा आधारित एकता हुने हो कि भन्ने त्रास पनि पलाएको छ ।

 

चाहेको अवसर प्राफत भए सहज ढंगले एकता प्रक्रिया अगाडि बढाउने, अन्यथा एकता प्रक्रियालाई लट्काउँदै क्रमशः आ(आफ्नो बाटो पो लाग्ने हुन् कि भन्ने त्रास कार्यकर्ता तहमा बढेको छ ।

 

आ(आफ्ना डम्फू, आ(आफ्नै तालमा बजाउन थाल्दा न त्यसले संगीतको धुन दिन्छ, न मिठास नै १ अहिले सामान्य प्रशासन मन्त्रालय र लोकसेवाबीच यस्तो बेसुरा डम्फू ठोकिँदा प्रधानमन्त्री ओली दिक्क मान्दै भन्न थालेका छन्, ‘संविधान बनाउनभन्दा निजामति सेवा ऐन, कानुन मिलाउनैको भद्रगोल भयो १’ जनआस्था साप्ताहिकबाट ।


थप समाचार

काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

  • 48 minutes ago
काठमाडौंको ‘ज्यानमारा फुटपाथ’

काठमाडौं । शंकर न्यौपाने दृष्ट्रिविहीन हुन् । उनलाई राजधानीको सडकपेटीमा हिँड्न बहुत कठिन छ । सडक पार गर्न त झन् सास्ती ।

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

  • 49 minutes ago
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा मेला शुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 55 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।