पाेखरा पुगेर प्रचण्डले भने : निर्वाचन प्रणाली परिवर्तन गर्नु अावश्यक छ

फाइल फाेटाे

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् । 

 

नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने बताए । 

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सबलीकरणमा पनि कम्युनिष्टहरूको सक्रियता आवश्यक रहने बताए । 

 

पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका सम्बन्धमा करीब–करीब सहमति भएको बताउँदै उनले दोस्रो संविधानसभामा समीकरण एवम् परिस्थिति बदलिएको अवस्थामा तत्कालीन रुपमा अहिलेलाई यही मोडेलअनुसार गर्ने भन्ने तय भएको जानकारी दिए । 

 

अध्यक्ष प्रचण्डले नेकपा र भर्खरै सरकारमा आएको पार्टी पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको र सरकारको पक्षमा अहिले दुई तिहाइ बहुमतसमेत रहेको उल्लेख गर्दै जनता र पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको बताए । 

 

अध्यक्ष प्रचण्डले भने, ‘अहिले बीचैमा यो कुरा ल्याएर देशलाई समृद्धि एवम् विकासमा लैजानेतर्फ अलमल पार्न नहुने र निर्वाचन आउनुभन्दा केही समयअघि यो विषय आउने छ ।’ 

 

प्रदेश र स्थानीय तहलाई सम्पूर्ण रुपमा जिम्मा दिनका लागि पूर्वाधार तयार भइनसकेको अवस्थामा बजेट तय गर्दा त्यहाँ केही कमी रहे पनि आगामी वर्षमा क्रमशः बजेट बढ्दै जाने बताउँदै उनले पार्टी एकीकरणसँगै राजनीतिक स्थिरता कायम भएकाले समृद्धि र विकास अबको चुनौती भएको धारणा व्यक्त गरे । 

 

अध्यक्ष प्रचण्डले प्रदेश सरकारलाई सबल बनाउनका लागि हाल विद्यमान मर्यादाक्रम त्यति व्यावहारिक नदेखिएको बताउँदै नयाँ मर्यादाक्रमका सम्बन्धमा लगभग सहमति भइसकेको र त्यो चाँडै नै आउने बताए । 

 

फेवातालको संरक्षणका साथै पोखरा र समग्र प्रदेश नं ४ को विकासका काम अघि बढ्नेमा पनि उनले जोड दिए । 


थप समाचार

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

  • 9 minutes ago
भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

  • 13 minutes ago
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 16 minutes ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।