IIMS College

ISMT

HUB Education

अतिक्रमणविरूद्ध उन्मुक्त पुस्ताको देशव्यापी सडक साहित्य आन्दोलन सुरू, भृकुटीमण्डपमा सुरक्षाकर्मीको अवरोध

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको विरोधमा उन्मुक्त पुस्ताका कविहरूले देशव्यापी रूपमा सडक साहित्य आन्दोलनको सुरूवात गरेका छन् । 

 

नेपालका भूभागहरूलाई समेटेर भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि उन्मुक्त पुस्ताले सडक कविता वाचन र पोष्टरमा कविता लगायतका कार्यक्रमहरू सुरू गरेको हो ।

 

भारतीय अतिक्रमणको विरोधमा सडक साहित्य आन्दोलन अन्तर्गत कविहरूले आइतबार काठमाडौंको भृकुटीमण्डपमा कविताहरू सुनाए । कविता मार्फत् कविहरूले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आवाज बुलन्द गरेका थिए ।

 

भृकुटीमण्डपको कार्यक्रममा बोल्दै निबन्धकार रोशन शेरचनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आफू जहिले पनि साथै रहेको बताए । कार्यक्रममा कविहरू केशव सिलवाल, प्रकाश गुरागाईं, खेम आचार्य, प्रेमिला राई, अशोक कुँवर (नेत्रु) मिसन अधिकारी, मुक्तान थेबा, माधव घिमिरे (अटल) लगायत एक दर्जन भन्दा बढी स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाएका थिए ।

 

सुरक्षाकर्मीको चर्को अवरोधबीच आयोजित सडक कविता वाचन कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सुरक्षाकर्मीले भृकुटीमण्डपमा पोष्टर टाँस्न र कार्यक्रम सञ्चालनमा अवरोध गरेको थियो । 

 

बाह्य हस्तक्षेप विरुद्ध आवाज उठाउन लाग्दा आन्तरिक हस्तक्षेपविरुद्ध पनि लड्नुपर्ने विडम्बनापूर्ण स्थिति आएको भन्दै उन्मुक्त पुस्ताले सुरक्षाकर्मीहरूको अवरोधप्रति खेद प्रकट गरेको छ ।

 

नेपाली भूभाग अतिक्रमणको विरोधमा भारतीय राजदूतावास अघि सिर्जना वाचन गरी थालनी भएको कार्यक्रमको दोस्रो दिन शान्तिवाटिकामा सम्पन्न भएको थियो भने आइतबार अपराह्न ४ः०० बजे पाटनको मङ्गलबजारमा हुने तय भएको छ । 

 

त्यस्तै उन्मुक्त पुस्ताकै अगुवाइमा खोटाङ र हेटौंडा पछि  पोखरामा भव्य रुपमा कार्यक्रम  सम्पन्न भएको छ । पोखराको सिर्जनाचोकमा आयोजित कार्यक्रममा स्रष्टाहरुले हस्तक्षेपविरुद्ध रचना वाचन, गायन र नृत्य समेत प्रस्तुत गरेका थिए ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।