IIMS College

ISMT

HUB Education

चर्चामा प्रदेश नं ५ को राजधानी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

रुपन्देही । प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ ।  प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ । 

 

प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नं ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । 

 

“लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो”, आज बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भने, “प्रदेशसभाको पाँचाँै अधिवेशनबाट यसको छिनोफानो हुन्छ ।” प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए । 

 

प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताए । “अहिले राजधानी तय गर्दा हाम्रा सन्ततिले पनि हामीप्रति गर्व गर्ने किसिमले निर्णय गर्नुपर्छ”, उनले भने । राजधानीका विषयमा पार्टीमा छलफल भए पनि ह्वीप भने नलाग्ने प्रमुख सचेतक ढकालले स्पष्ट पारे । 

 

उहाँले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामाकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताए । राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ । समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली काँग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताए । 

 

स्थायी राजधानी र नामाकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उनको भनाइ छ । अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उनको सुझाव छ । “राजधानी तोक्न धेरै ढिलो हुँदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ”, उनले भने । लुम्बिनी नामाकरणका विषयमा भने विवाद नभएको उनले स्पष्ट पारे ।

 

प्रदेशको राजधानी रुपन्देही र नामाकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ । गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ । प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ । प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन् ।


थप समाचार

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 58 seconds ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 7 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन

अग्नि ‘सर’ अब सभामुख

  • 10 minutes ago
अग्नि ‘सर’ अब सभामुख

काठमाडौँ । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।