प्रदेश नं ५ः नीति कार्यक्रम पारित

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 1 week ago
  • नेपाल

रुपन्देही । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । 

 

प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ । दुवै विधेयक र नीति कार्यक्रम पारित भएपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । यसअघि मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले दुवै विधेयक र नीति कार्यक्रम प्रदेश सभामा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 

 

प्रदेश नं ५ प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्दै उहाँले धेरैजसो कर स्थानीय तहले उठाउने व्यवस्था संघीय कानूनले गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग बलियो सम्बन्ध र सहकार्य गर्नुपर्ने बताए । 

 

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री पोखरेलले स्रोतको परनिर्भरता स्थानीय तहसँग भएको जानकारी दिँदै समन्वय र सहकार्यबाट समृद्धि हासिल गर्न सकिन्छ भने । उनले भने, “विगतका नीति कार्यक्रम र बजेट आवधिक थियो तर यस पटक विस्तृत दृष्टिकोणका साथ हामी अघि बढ्दैछौँ ।” 

 

प्रदेश नं ५ मा आगामी असार १ गते बजेट आउँदैछ । यस्तै नियमावली संशोधन मस्यौदा समितिका अध्यक्ष दामाकुमारी शर्माले प्रदेश सभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । 

 


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 3 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।