IIMS College

ISMT

HUB Education

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २० चेपाङले पाए राेजगारी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मुग्लिन । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं. ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो ।

  

एसएलसी दिएपछि  पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताइन् । उनले भनिन्, ‘एसएलसी दिएपछि घरमै  बसिरहेको थिएँ, अहिले गाउँमै रोजगार हुन पाउँदा खुशी छु ।’ 

 

अर्का हर्कबहादुर प्रजाले पनि काम पाएकाले अब परिवारले सास्ती बेहोर्नु नपर्ने भन्दै खुशी व्यक्त गरे । बिहान बेलुका के खाने भन्ने समस्याबाट तत्कालका लागि मुक्ति मिलेको उनको भनाइ थियो ।  

 

आज यहाँ आयोजित कार्यक्रममा नगरको विपन्न चेपाङ समुदायको बहुल्यता रहेको वडा नं ११ को दाबलिङबाट २० चेपाङलाई काम दिएर उक्त कार्यक्रम शुरु गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए । 

 

उनले श्रममा विश्वास गर्दै स्वरोजगार बन्ने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । वडा नं ११ मा ५८ जना रोजगारका लागि सूचीकृत भएकामा पहिलो चरणमा २० जनालाई रोजगार दिइएको हो । उनीहरूले दैनिक रु ६०० का दरले पारिश्रमिक पाउनेछन् ।

 

नगरपालिकामा तीन हजार १९६जनालाई  रोजागारका लागि सूचीकृत गरिएकामा यो वर्ष २२० जनालाई रोजगार दिनेसमेत स्वरोजगार कार्यक्रम संयोजक हरिशरण सोतीले जानकारी दिए । सो कार्यका लागि नगरपालिकाले रु. १९ लाख छुट्याइएको छ । (रासस)


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।