नेकपाका प्रवक्ता प्रकाण्ड चौथोपटक गिरफ्तार

file-photo

काठमाडौं । नेत्र विक्राम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरी अदालत परिसरबाटै पक्राउ परेका छन् । 

 

सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका प्रकाण्डलाई सोमबार राति अदालत परिसरबाट नै प्रहरीले फेरि  गिरफ्तार गरेको हो । 

 

न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो । 

 

यो सँगै प्रकाण्ड चौथोपटक पक्राउ परेका हुन् । 

 

स्काभेटर जलाएको आरोपमा काठमाडौँमा भदौ ७ गते पक्राउ गरी भदौ ८ गते नुवाकोट लगिएको प्रवक्ता विश्वकर्मालाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज रिहा गर्न आदेश दिएको थियो । 

 

बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पुर्याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको थियो ।

 

धमले–निरन्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उनीहरुविरुद्ध उजुरी दर्ता गराएका थिए ।

 

स्काभेटर जलाएको आरोपमा परेको उजुरीमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विक ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलाको नाम रहेको छ । 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 6 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 6 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 12 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।