नेकपाका प्रवक्ता दाङमा, आइतबार अदालत उपस्थित गराउने

file photo

दाङ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई शुक्रबार दाङ ल्याइएको छ । भोजपुर जिल्ला अदालतबाट नियन्त्रण लिएपछि प्रकाण्डलाई शुक्रबार दाङ ल्याइएको हो । 

 

बिहीबार नै दाङ ल्याउने गरी हिँडे पनि एक दिन ढिला गरी प्रकाण्डलाई दाङ ल्याइएको हो । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पटक÷पटक पक्राउ पर्दै आएका प्रकाण्डलाई पछिल्लो पटक दाङ ल्याइएको छ । 

 

प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ । पछिल्लो पटक प्रकाण्डलाई प्रहरीले देशका विभिन्न जिल्लामा विभिन्न आरोपमा अदालत उपस्थित गराउने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले प्रकाण्डका बारेमा अनुसन्धान भइरहेको भन्दै आइतबार अदालतमा उपस्थित गराउने जानकारी दिए । 

 

‘शुक्रबार ढिला गरी दाङ ल्याइएको छ भोली शनिबार कार्यालय बन्द हुने भएकाले आइतबार मात्रै अदालत उपस्थित गराउने हुन्छ । अहिले सामान्य सोधपुछ भइरहेको छ,’ प्रवक्ता घर्ती मगरले भने । साथै उनलाई प्रहरीले के कारणले दाङमा ल्याएको भन्ने बारेमा केही भन्न नसकिने जानकारी दिए ।


थप समाचार

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 5 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।

श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

  • 1 hour ago
श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

  • 1 hour ago
बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपाल



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।