प्रकाण्डलार्इ पुर्‍याइयाे दाङ, अाजै अदालतमा पेश गरिने

फाइल फाेटाे

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङ ल्याइएको छ ।

 

अदालतको रिहा आदेशका बाबजुद पटक–पटक पक्राउमा परेका प्रवक्ता प्रकाण्डलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका तुलसीपुरमा भएको बम विस्फोटको मुद्दामा शुक्रबार बेलुका दाङ ल्याइएको हो ।

 

भोजपुरबाट गाडीमा दाङ ल्याइएका प्रकाण्डलाई आइतबार अदालतमा पेश गरी अनुसन्धान थालिने दाङ जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए । 

 

तत्कालीन प्रधानमन्त्री एवँ कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी गत मंसिर १२ गते दाङमा बम विस्फोट भएको थियो ।

 

अनुसन्धानका क्रममा प्रकाण्डको डायरीमा दाङमा बम विस्फोटबारे लेखिएको भेटिएपछि उनलाई दाङ ल्याइएको एसपी शर्माले बताए । 

 

उक्त बम विस्फोटको घटनमा म्यादी प्रहरी तुलसीपुर १२, क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो ।


थप समाचार

आज इन्द्रजात्रा मनाईंदै

  • 28 minutes ago
आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

  • 42 minutes ago
हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

  • 58 minutes ago
यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।