प्रकाण्डमाथि कर्तव्य ज्यान मुद्दा, अधिवक्ता भन्छन् : प्रमाणित गर्ने अाधार छैन

फाइल फाेटाे

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि जिल्ला अदालत दाङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । 

 

शुक्रबार साँझ दाङ ल्याइएका प्रकाण्डको डायरीमा बम विस्फोटबारे लेखिएको भेटिएपछि उनीमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको अधिवक्ता प्रदीप गौतमले बताए ।

 

‘काठमाडौंमा भेटिएको डायरीलाई आधार बनाई प्रकाण्डमाथि कर्तव्य ज्यानको मुद्दा चलाइएको छ’, अधिवक्ता गौतमले भने, ‘डायरीमा निर्धारित समयभन्दा अगाडि बम विष्फोट भएकाले म्यादी प्रहरीको ज्यान गएका उल्लेख गरिएको छ । तर, डायरी प्रकाण्डकै भएको प्रमाणित गर्न सकिने आधार छैनन् ।’

 

अदालतमा उपस्थित गराइएका प्रकाण्डले पनि डायरी आफ्नो नभएको बताएका गौतमले जानकारी दिए । थप अनुसन्धानकाल लागि उनलाई सात दिन थुनामा राख्न जिल्ला अदालत दाङले म्याद थप गरेको छ ।

 

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तुलसीपुर आएको बेला गरिएको बम बिष्फोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको थियो ।


थप समाचार

अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

  • 13 minutes ago
अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया । प्रदेश नं. ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

  • 21 minutes ago
नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

काठमाडौँ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्र

‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

  • 36 minutes ago
‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

गोरखा । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीह



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।