अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

फाइल फाेटाे

काठमाडौँ । वार्ताको वातावरण सहज बनाउन सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आजै रिहा गर्ने तयारी गरेको छ ।

 

यसअघि प्रकाण्डलाई अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले पटक–पटक पक्राउ गर्ने गरेको थियो । वार्ताकाे वातावरण सहज बनाउनकै लागि अब अदालतले छाड्न आदेश दिएलगत्तै प्रकाण्डलाई अर्को मुद्दामा पुनः गिरफ्तार नगरिने भएको हो ।

 

सरकारले गठन गरेको वार्ता टोलीको अनुरोधमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब नेकपाका नेताहरूलाई गिरफ्तार नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

 

सरकारले वार्ताका लागि आह्वान गरेपनि आफ्ना नेतामाथि गिरफ्तारी र धरपकड जारी राखेको अवस्थाको वार्ताको कुनै सम्भावना नभएको नेकपाका नेताहरुले बताउँदै आएका थिए ।

 

आजको दिन प्रवक्ता प्रकाण्ड रिहा गर्ने र अरू नेताहरू पनि क्रमश रिहा हुने सरकारी वार्ता टोलीका एक वरिष्ठ सदस्यले जानकारी दिए ।

 

‘वार्ताको वातावरण सहज बनाउनका लागि पहिलो चरणमा आजै प्रकाण्डजी रिहा हुनुहुनेछ’, वार्ता टोलीका एक वरिष्ठ सदस्यले भने, ‘प्रकाण्डजी पछि क्रमश सबै नेता र कार्यकर्ताहरू रिहा हुनेछन् । यो सरकारको प्रतिबद्धता हो ।’


थप समाचार

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 7 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

  • 8 hours ago
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।