IIMS College

ISMT

HUB Education

प्रतिबन्धित नेकपाका महासचिव विप्लवका छोरा प्रकाश चन्द पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भरतपुर । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । 

 

चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत १५ जना विद्यार्थीसहित महासचिव विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले आज पक्राउ गरेको हो । 

 

अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । 

 

उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको प्रहरी उपरीक्षक मल्लले बताए । पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । 

 

प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी हाल प्रयोगात्मक कक्षा गरिरहेका छन् । 

 

विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन् । 

 

यता मेडिकल कलेजले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत विद्यार्थीलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गरी बहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न आग्रह गरेको छ । 


थप समाचार

अक्षय कुमारको पहिलो म्युजिक भिडियो आउँदै

  • 1 minute ago
अक्षय कुमारको पहिलो म्युजिक भिडियो आउँदै

एजेन्सी । बलिउड सुपरस्टार अक्षय कुमार छिट्टै आफ्नो पहिलो म्युजिक भिडियो लिएर आउँदै छन् । यसको खबर निर्माताहरुले गरेका छन् । तर म्युजिक भिडियोको नाम भने अहिलेसम्म खुलाइएको छैन ।

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 15 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 17 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी