प्रकाशमानकाे प्रश्न : गुठी विधेयक किन ल्याउनुपर्‍याे ?

फाइल फाेटाे
Education Park

काठमाडौँ । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन । 

 

प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै उनीहरुले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौँका गुठीयारले आन्दोलन सुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरे ।

 

काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए ।

 

सभामुख कृष्णबहादुर महरासित समय लिई उनले प्रस्तावित विधेयकमा पुस्तौँ पुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपतिजनक रहेको बताए ।

 

उनले भने, ‘विधेयक सरोकारवाला निकायसँगको छलफल बिना किन ल्याउनु पर्‍यो ? यसबाट दुई हजारभन्दा गुठी प्रभावित हुन्छन् । विधेयक संविधान विपरीत छ । निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो । धार्मिक स्वतन्त्रता विपरीत भयो । म विधेयक फिर्ता लिन आग्रह गरेको छ ।’

 

राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।

 

उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । बैठकमा सभामुख महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । (रासस)


थप समाचार

चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

  • 1 minute ago
चेल्सीलाई झण्डै ८ मिलियन पाउण्ड तिरेर युभेन्ट्सले प्रशिक्षक सार्रीलाई लग्यो

एजेन्सी । चेल्सीलाई युरोपा लिगको उपाधि जिताउने मउरित्सियो सार्रीले युभेन्ट्स सम्हाल्ने भएका छन् । इटालियन महारथी युभेन्ट्सले सार्रीलाई तीन वर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 17 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 23 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।