ओली सरकार शान्ति सुरक्षा दिन असफल भयोः सह-महामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार अधिनायवादी बाटोतर्फ उन्मुख भएको र शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् ।

 

उनले भने, ‘वर्तमान सरकार पुरै असफल भएको छ, हरेक समस्याहरुलाई अनुसन्धान गर्नबाट पछि हटेको छ, बलात्कार, अपहरणका घटनाहरु बढि रहेका छन्, यस्तो स्थितिमा सरकार गम्भिर भएको पाईदैन, नेकपाका नेताहरु दुई तिहाईको दम्भ र अंहकारको मानसिकताले सरकार चलाउदैछन् ।’

 

केही दिनअघि भक्तपुरमा भएको बालक अपहरणपछि हत्या गरिएको घटनालाई स्मरण गर्दै वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल भएको दाबी गरे । उनले भने, ‘सुन्दा पनि कहाली लाग्दो त्यो घटनालाई सरकारले गम्भिर रुपमा लिएको भए बालकलाई जिउँदै बचाउन सकिन्थ्यो कि ? त्यतातर्फ सरकारको ध्यान कम पुगेको छ, बलात्कारका घटनाहरु त्यस्तै रुपमा बढि रहेका छन् ।’

 

उनले अघि थपे, ’संविधानको व्यवस्था अनुसार सरकार नै चलेको छैन्, कानून मिच्नेकाम सरकारबाटै भएको छ, बलात्कारीलाई कडा कारबाही गर्नेमा हामी तयार छौं, सरकार नै तयार नै छैन्, अर्बौको हिनामिना भईरहेको छ ।’

 

वर्तमान समयमा कांग्रेसले के गरिरहेको छ नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘कांग्रेस पार्टी सबैभन्दा पहिले आन्तरिक रुपमा बलियो हुने कुरमा केन्द्रीत छ, अर्को महत्वपूर्ण कुरा काम भनेको वर्तमान सरकार अधिनायकवादी बाटोतर्फ जाँदैछ, जनता बिरोधी कामहरु गरिरहेको छ, त्यसबाट रोक्ने काममा कांग्रेस जुटेको छ ।’

 

कांग्रेसको महासमिति वैठक आगामी भदौमा हुने जानकारी दिँदै सह–महामन्त्री महतले भने, ‘उनले भने पार्टी आन्तरित विवादमा फसेको छैन्, कार्यकर्ता पंत्तिmबाट पार्टीको नेतृत्वलाई एकजुट भएर अघि बढ्न सुझाव दिईरहेका छन्, जनताको हितमा काम गर्नको लागि सक्रियताकासाथ पार्टी अघि बढ्छ ।’


थप समाचार

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

  • 6 minutes ago
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

  • 18 minutes ago
''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

  • 29 minutes ago
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।