प्रलेस मकवानपुरमा शान्ति प्रियवन्दनाकाे नेतृत्व

हेटौँडा । प्रगतिशील लेखक सङ्घ नेपाल, मकवानपुरको आज सातौ जिल्ला सम्मेलनले शान्ति प्रियवन्दनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

 

शनिबारको सम्मेलनमा उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने र कोषाध्यक्षमा डिबी बर्तौलालाई चयन गरेको छ । 

 

सम्मेलनमा अध्यक्ष आचार्यले संस्थाको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमैयाँ विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 

उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाले सत्ताधारीलाई जहिले पनि खबरदारी गर्दै सही बाटामा लैजानु लेखक तथा संस्कृतिकर्मीको दायित्व रहेको बताए । 

 

कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्य, प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देल, सङ्घका पूर्वध्यक्ष सम्राट् तुम्बाहाङ्फे, जिल्ला सल्लाहकार कौशल पाण्डे, उमाकान्त आचार्य तथा ऋषिराम पोख्रेल, तुलसी घिमिरेलगायतले अब नयाँ कार्यशैलीसहित विचार र कामलाई तिखार्नुपर्नेमा जोड दिनुभयो । 


थप समाचार

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 9 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।

कोशकार नेपालको निधन

  • 17 minutes ago
कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा

  • 24 minutes ago
प्रधानमन्त्रीलाई कालो झण्डा

रुपन्देही । रुपन्देहीको जितगढीमा विजयोत्सव मनाउन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज कालो झण्डा देखाइएका छ । अर्घाखाँचीका एक व्यक्तिले प्रधानमन्त्री भाषण गरिरहेको बेलामा कालो झण्डा देखाइएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।