दोस्रो प्रतिभा नक्षत्रको फाइनल आइतबार, बाल समुहमा १६ र युवामा १२ प्रतियोगी

  • शुक्रबार, १ भदौ, २०७५
  • 11 months ago
  • युके
Education Park

 

लण्डन । बेलायतको नेपाली समुदायभित्रका प्रतिभाहरुको खोजी गर्ने कार्यक्रम प्रतिभा नक्षेत्रको फाइनल यहि आइतबार अगस्ट १९ मा आयोजना हुंदैछ ।

 

प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आयोजना हुने दोस्रो प्रतिभा नक्षेत्र २०१८ को फाइनलबाट युवा तथा बाल समुहमा छुट्टाछ्ट्टै विजेताहरु चयन गरिनेछ । 

 

विहिबार सांझसम्म कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी आयोजक प्रतिभा नक्षेत्रले गराएको छ । आइतबारको फाइनल राउण्डमा बाल समुहमा १६ तथा युवा समुहमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । यीनै प्रतियोगीहरुमध्येबाट सन् २०१८ को बाल प्रतिभा नक्षेत्र र युवा प्रतिभा नक्षेत्रको घोषणा गरिनेछ । 

 

 

यसपटक युवा समुहमा प्रथम हुनेलाई ५ सय पाउन्ड, दोस्रो हुनेलाई ३ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद र ट्रफीको पुरुस्कार दिइनेछ । त्यस्तै, बाल समुहमा प्रथम हुनेलाई  ३ सय पाउण्ड, दोस्रो हुनेलाई २ सय पाउण्ड र तेस्रो हुनेलाई १ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । 

 

विजेताहरुलाई बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रम तथा प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर दिइनेछ । यसपटक प्रतिभा नक्षेत्रमा लण्डनसहित योर्क, एसेक्स, सर्रे, डार्टफोर्ड, स्कटल्याण्ड लगायतका बेलायतका विभिन्न क्षेत्रबाट प्रतियोगीहरुको आवेदन परेको थियो । 

 

गायन, कविता, नृत्य, वाद्यवादन ( हारमोनियम, भाइलिन , गिटार ) , लगायतका फरक फरक विधाका प्रतिभाहरु प्रतिस्पर्धामा छन् । सबै प्रतियोगिहरूलाई हरेक दिन जसो मेन्टरहरूले अभ्यासस्थल र अनलाइनको माध्यमबाट समेत सुपरभिजन गर्दै गत अगस्ट ९ तारिख बिहिबारका दिन प्लमस्टिडस्थित गोर्खा क्लबमा अडिसन लिएर छनौट गरिएको थियो । 

 

प्रवासमा नेपाली संस्कृति, भाषा, कला र संस्कारको संरक्षण गर्ने तथा यहां हुर्किदै गरेको दोस्रो पुस्तामा हस्तान्तरण गर्ने प्रमुख लक्ष्यसहित गत वर्ष प्रतिभा नक्षेत्रको पहिलो संस्करण आयोजना भएको थियो । 

 

यसपटक आयोजना हुन लागेको प्रतियोगिताको दोस्रो संस्करणलाई सहभागिता र व्यवस्थापनको हिसाबले अझै बढि व्यापक बनाइएको आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले बताएकी छन् । 

 

प्रतियोगीहरुका साथ आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुन 

 

कार्यक्रमलाई सफल बनाउने लक्ष्यसहित कार्यक्रमका परिकल्पनाकार राजेन्द्र खस, संरक्षक मनिषकुमार श्रेष्ठसहित सिम्मी पुन नेतृत्वमा लक्षमण गुरुङ, सन्तोष कार्की, विनोद चिपालु, सुस्मिता थापा, बाबु राना, सुर्यविक्रम केसी, बिरेन्द्र नेपाल, अभि महर्जन लगायतको  प्रतिभा नक्षेत्रको सिंगो टिम अहिले अहोरात्र खटिएको छ । बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायबाट प्राप्त गरेको ऐक्यबद्धता, समर्थन र हौसलाबाट आफुहरु थप उत्साहित बनेको उनीहरु बताउंछन् ।  

 

प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आइतबार सांझ ५ देखि ११ बजेसम्म हुने फाइनलमा सहभागी भएर प्रतियोगीहरुको हौसला बढाइदिन र मनोरञ्जन लिन आयोजकले बेलायतबासी सबै नेपालीहरुसमक्ष आग्रह गरेका छन् । 

 

फाइनलमा सहभागी हुन चाहने वयस्क दर्शकहरुको लागि १० पाउण्ड तथा ६ देखि १६ वर्षसम्मका लागि ५ पाउण्डको प्रवेश शुल्क लाग्नेछ । 

 


थप समाचार

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 1 hour ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 1 hour ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका

भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

  • 2 hours ago
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ

भरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।