आज प्रिमियर लिगको मैजारो, उपाधिको छिनोफानो पनि आजै

  • आइतबार, २९ बैशाख, २०७६
  • 1 year ago
  • खेल

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिगले सिजन २०१८–१९ को विजेता पाउँदैछ । उपाधि होडमा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलमध्ये एकले उपाधि आफ्नो नाममा लेखाउँदैछन् । जारी सिजनमा दुवै क्लबले उत्कृष्ट प्रदर्शन गरेकै कारणले गर्दा उपाधि विजेता लिगको अन्तिम खेलको नतिजाबाट थाहा हुन लागेको हो । 

 

म्यान्चेस्टर सिटीले लिगको ३७ खेल खेल्दा ३१ खेलमा जित, २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेर ९५ अंक जोडेको छ । त्यस्तै, समान खेलबाट २९ खेलमा जित, ७ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोर्दै ९४ अंक जोडेको छ । आजको खेलमा सिटीले जित हासिल गरेमा स्वतः सिटीको नाममा प्रिमियर लिगको उपाधि जानेछ । तर, सिटी अंक गुमाएको खण्डमा र लिभरपुलले आफ्नो जितेको खण्डमा लिभरपुलको नाममा उपाधि जानेछ । त्यसैले गणितिय हिसावले हेर्ने हो भने लिभरपुल सिटीको नतिजामा भरपर्नुपर्ने हुन्छ । 

 

म्यान्चेस्टर सिटीविरुद्ध ब्राइटन

 

आजको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले ब्राटनसँग उसैको घरेलु मैदान फाल्मर रंगशालामा प्रतिस्पर्धा गर्न लागेको छ । सिजनको पहिलो खेलमा सिटीले ब्राइटनलाई घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो । उक्त खेलमा रहेम स्टर्लिङ तथा सर्जियो अगुइरोले एक–एक गोल गरेको थियो । 

 

ब्राइटन लिगको १७ औं स्थानमा छ । तर, रेलिगेशनमा पर्नबाट बचेको छ । त्यसैले लिगको १७ औैं स्थानमै सिजन समाप्त गर्नुभन्दा पनि केही अंक जोडेर अंक तालिकामा माथि पर्न ब्राइटन आतुर रहेको खेलाडीहरुले बताइसकेका छन् । त्यसैले सिटीको लागि आजको खेल गाह्रो हुनसक्छ । 

 

लिभरपुलविरुद्ध उल्भरह्याम्पटन

 

 

उता दोस्रो स्थानमा रहेको लिभरपुलले आफ्नै घरेलु मैदान एनफिल्डमा उल्भरह्याम्पट्नसँग प्रतिस्पर्धा गर्दैछ । जारी सिजनको पहिलो खेलमा लिभरपुलले २–० गोलले लिभरपुल विजयी भएको थियो । उक्त खेलमा लिभरपुलको लागि मोहम्मद सलाह तथा भिरगिल भान डायकले एक–एक गोल गरेका थिए । 

 

उल्भरह्याम्पटन लिगको सातौं स्थानमा छ । उसले १६ खेलमा जित, ९ खेलमा बराबरी तथा १२ खेलमा हार व्यहोरेर ५७ अंक जोडेको छ । यदी लिभरपुललाई उल्भरह्याप्टनले बराबरीमा रोकेमा मात्रै पनि लिभरपुलको उपाधि फुत्कनेछ । त्यसैले आजको खेलमा लिभरपुललाई जित नै चाहिएको छ । 

 

 

आज हुने अन्य खेलहरु

खेलहरु नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ । 


थप समाचार

कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

  • 1 hour ago
कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे

कर्णाली । कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो ।

क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

  • 1 hour ago
क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन

खप्तड । खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा आ

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

  • 1 hour ago
आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौँ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै क



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।