राष्ट्रपति भण्डारी आज चीन जाँदै

  • बुधबार, ११ बैशाख, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकी छिन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जाने भएकी हुन् ।

 

राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको जहाजबाट जाने भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल समेत चीन जाने भएका छन् । चीनमा उच्चस्तरिय भेट सहित केही महत्वपूर्ण सम्झौता हुने यसअघि नै परराष्ट्रमन्त्री ज्ञवालीले बताएका थिए ।

 

चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति चीनको बेइजिङ सहित सियान, ल्हासामा समेत जाने कार्यक्रम रहेको बताइएको छ ।

 

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको परराष्ट्र मन्त्रलायले जनाएको छ । टोली १९ गते काठमाडौं फर्कने छ । 

 


थप समाचार

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 9 minutes ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 22 minutes ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै

सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगे

  • 28 minutes ago
सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्। पछिल्लो केही हप्तायता कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिएपछि ओली सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।