IIMS College

ISMT

HUB Education

लाेकसेवाले जनविश्वासलाई अझ समुन्नत बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन् । 

 

लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताएकी हुन् ।

 

उनले भनिन्, ‘परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।’ 

 

उनले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई सुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गरिन् ।

 

राष्ट्रपति भण्डारीले संवैधानिक जिम्मेवारी पाएको आयोगको काम कारवाहीलाई थप मजबुत बनाउन सरकार र सम्बद्ध सबैले सहयोग गर्ने विश्वास लिएको बताइन् । 

 

‘आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ, जनविश्वास पनि त्यहीअनुरुप कामय गरिरहेको छ, भविष्यमा थप जनविश्वासका काम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दछु’, उनले भनिन् । 

 

सरकारले न्याय र समानतामा आधारित शोषणरहित समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक दायित्व बहन गर्नुपर्ने अवस्थामा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेवी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत आफूले लिएको उनले धारणा व्यक्त गरिन् ।

 

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले झण्डै सातदशकको यात्रामा विभिन्न घुम्ती, उकाली, ओराली पार गर्दै आएको र अहिले फेरि आयोगको जनविश्वासको जगलाई कमजोर पार्ने प्रयास भएको सुनाए । 

 

उनले संविधान, कानून र स्थापित परम्पराअनुरुप आयोगले गरेको स्थानीय तहको विज्ञापनमा विनाकारण प्रश्न उठाएको र संवैधानिक अङ्गले संविधान र प्रचलित कानूनको उल्लङ्घन गर्ने कल्पनासमेत गर्न नसक्ने स्पष्ट पारे । 

 

अध्यक्ष मैनालीले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मलाई आत्मसात् गरेर काम गर्न शान्त, स्वच्छ र दबाबरहति वातावरण जरुरी हुने धारणा व्यक्त गरे । उनले आयोगले ७७ वटै जिल्लामा आयोगले अनलाईन दर्खास्त दिन र उम्मेदवारको जनुसुकै बैंक खातामा रहेको रकम इन्टरनल बैंक पेमेन्ट प्रणालीको प्रयोग गरी आयोगको राजस्व खातामा पुग्ने व्यवस्था गरिएको जानकारी दिए । 

 

वि.सं. २००८ असार १ गते आयोगको स्थापना भएको थियो । उक्त दिवसको सम्झनामा आयोगले हरेक साल असार १ गते स्थापना दिवस मनाउने गरेको छ । आयोग एक विशिष्टीकृत संवैधानिक निकाय हो । आयोगमा अध्यक्षसमेत गरी पाँच पदाधिकारी रहने व्यवस्था छ । (रासस)


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 6 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 9 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 13 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।