Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगिरिजा जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै भेटिन्छः शशाङ्क कोइराला

गिरिजा जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै भेटिन्छः शशाङ्क कोइराला


काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताएका छन्।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सवै नेतामा नहुने बताएका हुन्। शशाङ्ककले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन्। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो।’

गिरिजाप्रसाद कोइराला कै कारण दोश्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशाङ्ककले दोश्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको उल्लेख गरे।

उनले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताए। उनले २०४६ सालको जन आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले महाराजगञ्जस्थित त्रिभुवनविश्व बिद्यालय शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गरे। रक्तदान भनेको जीवन दान भएको बताउँदै यस्ता सामाजिक काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू सञ्जय गौतम, उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य दीपक खड्का र सिता मिजारको पनि सहभागिता रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

बाग्मती प्रदेश सरकारमा हाम्रो नेपाल पार्टी सहभागी

काठमाडौँ । हाम्रो नेपाली पार्टी (हानेपा) बाग्मती प्रदेश सरकारमा सहभागी भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको दुई दिनभित्रै

Techie IT