नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ उप-विदेशमन्त्रीबीच भेट

फाइल फाेटाे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गरेका छन् । 

 

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । 

 

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उनको सचिवालयले जनाएको छ । 

 

अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । 

 

अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ ।’ 

 

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । 

 

उनले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकामा बधाई दिए । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । 

 

‘वान बेल्ट वान रोड’ परियोजना कार्यान्वयनका लागि सहज वातावरण तयार भएको उनको भनाइ थियो ।


थप समाचार

डर्टमन्डको बसमा आक्रमण गर्नेलाई जन्मकैद !

  • 3 minutes ago
डर्टमन्डको बसमा आक्रमण गर्नेलाई  जन्मकैद !

फ्राङ्कफर्ट । सरकारी वकीलहरूले एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् ।

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

  • 7 minutes ago
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

  • 8 minutes ago
प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

चरिकोट । दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको प



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर