यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

Education Park

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।

 

यहाँ हामीले राष्ट्रपति हुँदा पनि सामान्य जीवन बिताएका र हाल पनि सामान्य जीवन बिताइरहेका एक पूर्व राष्ट्रपतिको बारेमा जानकारी प्रदान गरेका छौं । उनी हुन् उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका ।

 

जोसे मुजिकालाई विश्वकै सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको रुपमा लिइन्छ । राष्ट्रपति पद छाडिसकेपछि उनी सन् २०१५ यता उरुग्वेको सांसद रहँदै आएका थिए । तर आफ्नो कार्यकाल पुरा हुनु अघि नै उनले हालै सांसद पदबाट राजीनामा दिएका छन् ।

 

८३ वर्षीय मुजिकाले लामो यात्राका कारण आफू थकित भएको जनाउँदै सांसद पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा पत्रमा आफ्नो दिमागले काम गरेसम्म एकता र विचारको युद्धबाट भने राजीनामा नदिने उल्लेख गरेका छन् ।

सादगीपूर्ण जीवन बिताउँदै आएका उनले राष्ट्रपति पदमा रहँदा सरकारी निवासमा बस्न अस्वीकार गरेका थिए । राष्ट्रपति रहँदादेखि नै उनी राजधानीको बाहिरी क्षेत्रमा रहेको एउटा फार्म हाउसमा बस्दै आएका छन् । सोही फार्म हाउसमा बसेर उब्जाएका कृषिउपजले उनको गुजारा चल्दै आएको छ ।

 

उनले राष्ट्रपतिकालमा आफ्नो अधिकांश पारिश्रमिक दान गरेका थिए ।

 

उनी पूर्वविद्रोही नेता हुन् । विद्रोहको आरोपमा उनलाई सन् १९७० मा गिरफ्तार गरिएको थियो । ९० को दशकमा उरुग्वेमा लोकतन्त्र स्थापनासँगै उनी रिहा भए ।


थप समाचार

त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

  • 2 minutes ago
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

  • 17 minutes ago
डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे । उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए ।

यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

  • 25 minutes ago
यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।