IIMS College

ISMT

HUB Education

घरमै बसेर जीवन रक्षा गर्न राष्ट्रपतिको आह्वान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गरेकी छन् ।  

 

कोभिड–१९बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा सन्देश जारी गर्दै उनले सबै नागरिकलाई सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवम् आचारसंहिता पालना गरेर घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आग्रह गरेकी छन् । 

 

सन्देशमा उनले कोरोना भाइरसले मानव सभ्यता र मानिसको अस्तित्वमाथि नै विश्वव्यापी चुनौती खडा गरेको यस जटिल परिवेशलाई निस्तेज पार्ने अभियानमा सबैलाई एकजुट भई अघि बढ्न आग्रह गरेकी छन् ।

 

उनले सन्देशमा नेपाल सरकारद्वारा कोरोनाको सङ्क्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिनेसमेत उल्लेख गर्दैै भनेकी छन्, ‘‘यस समयलाई हामी सबैले मुलुकको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तनमनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’’

 

सन्देशमा उनले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन सङ्घ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाबीच सुदृढ समन्वय कायम हुनुपर्नेमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराएकी छन् ।  आजको यस संवेदनशील परिस्थितिमा सही सूचना ग्रहण र प्रवाह गर्दै कोभिड–१९ विरुद्ध सचेतनापूर्वक अग्रसर हुन सम्पूर्ण राजनीतिक दल तथा तिनका भ्रातृ तथा भगिनी सङ्गठन, चेतनाका संवाहक युवा तथा विद्यार्थी समुदाय, कल्याणकारी सङ्घसंस्थालगायत सबैलाई  आह्वानसमेत गरेकी छन् । 

 

कोरोनाविरुद्ध जुध्नका लागि सम्पूर्ण सुरक्षा संयन्त्र र चिकित्सक एवं स्वास्थ्यकर्मीबाट भइरहेको सत्प्रयासमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् । सन्देशमा उहाँले यस महामारीबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुक प्रभावित हुनाका साथै चार लाखभन्दा बढी जनामा सङ्क्रमण भई १८ हजारभन्दा बढीको निधन भइसकेकाले संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आआफ्ना ठाउँबाट क्रियाशील हुन आह्वानसमेत गरेकी छन् । 

 

‘‘शुरुमा चीनको वुहान शहरमा देखापरेको यस महामारीविरुद्ध चिनियाँ सरकारद्वारा सञ्चालित प्रभावकारी जनस्वास्थ्य प्रतिकार्य र यसमा त्यहाँका लगनशील एवं अनुशासित स्वास्थ्यकर्मी तथा जनताको सक्रिय सहभागिताका कारण चीनमा यो रोग लगभग नियन्त्रणमा आएको ठानिएको छ’’, उनको सन्देशमा भनिएको छ, ‘‘ तर अहिले यो महामारी एशियाका दक्षिण कोरिया, जापान, इरान, युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्सलगायत अमेरिका र बाँकी देशहरूमा समेत फैलिइसकेको छ । यस महामारीको विरुद्धमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूसहित प्रभावित देशका सरकारहरू तदारुकताका साथ क्रियाशील बनेका छन् ।’’

 

आजसम्म कोभिड –१९ विरुद्धको प्रभावकारी औषधि र खोप विकास भइनसकेको र आर्थिक रूपमा सम्पन्न एवं सुदृढ स्वास्थ्य प्रणाली भएका विकसित मुलुकलाई समेत यो महामारी नियन्त्रण गर्न कठिनाइ भइरहेका सन्दर्भमा रोगको सङ्क्रमणको रोकथाममा नै हाम्रा प्रयास केन्द्रित हुनुपर्ने सन्देशमा राष्ट्रपतिले  बताएकी छन् । कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गर्दै सरसफाइसहित घरमा बस्नु नै उत्तम विकल्प हुनेमा उनले जोड दिएकी छन् । 


थप समाचार

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 19 minutes ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 30 minutes ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन

मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

  • 37 minutes ago
मङ्गलबार काठमाडौँमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि सरकारले ‘लकडाउन’को अवधि बढाएको छ । यसक्रममा काठमाडौँ उपत्यकाका धेरै सर्वसाधरणहरु घरभित्रै बसिरहेका छन् । तर, केही भने अत्यावसेक कामको कारण बा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।