नेपाल प्रेस युनियन युरोप संयोजकमा कँडेल

  • शुक्रबार, ६ बैशाख, २०७६
  • 1 year ago
  • युके

 

काठमाडौं । नेपाल प्रेस युनियन, युरोप संयोजकको जिम्मेवारी सञ्जयभक्त कँडेललाई दिइएको छ । 

 

बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल कँडेललाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारी दिएका हुन् । 

 

केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न भनिएको छ । 

 

दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा पत्रकार महासंघ बेलायको महासचिब रहेका कँडेल विगत लामो समयदेखि प्रवासमा रहेर पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल समाचारपत्रको बेलायत प्रतिनिधि समेत रहेका उनी बेलायतस्थित नेपाली दुताबासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार प्रसार विभागका सहसंयोजक छन् ।

 

श्रमजीवि पत्रकारहरुको हक हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको संरक्षण र प्रवद्र्धन साथै विधिको शासन स्थापनामा कटिबद्ध प्रेस युनियन नेपालमा अन्तराष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था हो । देश तथा विदेशमा गरी युनियनमा १२ हजार बढी पत्रकारहरु आवद्ध छन् ।  

 

 केन्द्रिय महाधिवेशनको तयारीमा रहेको युनियनको २८ बर्षे इतिहासमा आफूहरु पहिलो पटक विदेश शाखाहरु विस्तारको क्रममा रहेको महासचिब अजयबाबु शिवाकोटीले जानकारी दिए ।

 

युनियनको युएई र बेलायतमा अधिवेशन सम्पन्न भइसकेको र क्रमश अन्य देशमा संगठनको विस्तारको क्रममा रहेको समेत शिवाकोटीले बताए । ‘युनियनले उठाएका मुद्दालाई विश्वभरबाट समर्थन र ऐकबद्धता जुटाउन प्रवासमा शाखा विस्तारमा जुटेका छौं,’ उनले भने ।

 


थप समाचार

बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

  • 2 minutes ago
बाँके दुर्घटनाका मृतक र घाइते सबैको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । बाँकेको अगैयामा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । भारतबाट आएको कारणले संक्रमण जोखिम हुनसक्ने भन्दै परीक्षण गर्दा उनीहरुमा कोरोनाको संक्रमण

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

  • 27 minutes ago
कोरोना संक्रमण पुष्टि भएपछि नर्भिकमा उपचाररत् महिलालाई पाटन अस्पताल लगियो

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपचारर्त एक महिलालाई पाटन अस्पताल लगिएको छ । ६१ वर्षीया महिलामा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल लगिएको हो ।

मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

  • 39 minutes ago
मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु

मोरङ । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्सी– ६ तालागाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । सोमबार बिहान १२ बजेको समयमा आफ्नै मकै बारीबाट मकै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।