IIMS College

ISMT

HUB Education

प्रेस युनियन बेलायतको नेतृत्व निरौलालाई

  • सोमबार, १८ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको बेलायत शाखाको पहिलो अधिवेसन आइतबार लण्डनमा सम्पन्न भएको छ । 

 

प्लमस्टिडको गेसो हलमा सम्पन्न अधिवेसनले विपिन निरौलाको अध्यक्षतामा संस्थाको पहिलो कार्यसमिति चयन गरेको छ । सन् २०१७ मा गठन भएको शाखाको तदर्थ समितिका संयोजक निरौला नै पहिलो अधिवेसनबाट अध्यक्ष बनेका छन् । 

 

सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिमा खेमराज रानाभाट र एभरेष्ट गौतम उपाध्यक्ष, मन्दिप केसी सचिव , कृष्णा भण्डारी सहसचिव र सन्तोष भट्टराई कोषाध्यक्ष चुनिएका छन् । 

 

सदस्यहरुमा सर्वेन्द्र अधिकारी, दयालु देवकोटा, भिम खरेल, लालमणि भट्टराई, सिम्मी पुन, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बू र खुशी लिम्बू चयन भएका छन् । 

 

त्यस्तै, महाधिवेसन प्रतिनिधिहरुमा सञ्जयभक्त कँडेल, विनय अधिकारी, हेमन्त सेढाई, शिव भण्डारी, उपेन्द्र पौडेल, कुश बस्नेत र राजन खकुरेललाई चयन गरिएको छ ।

 

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रमुख आतिथ्यमा शाखाको पहिलो अधिवेसन सम्पन्न भएको हो ।

 

अधिवेसनको उद्घाटनसत्रमा प्रमुख अतिथि सिग्देलसंगै एनआरएन केन्द्रीय उपाध्यक्ष कल आचार्य, लण्डन दूतावासका उपप्रमुख शरदराज आरन, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट, प्रदेशसभा सांसद बिजुला बर्मा, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवकोटी, जनसम्पर्क समिति यूके सभापति युवराज गुरुङ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी मगर लगायतले शुभकामना दिएका थिए । 

 

 


थप समाचार

स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

  • 29 minutes ago
स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटी । जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्र

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 45 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 49 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।