बेलायतमा पनि प्रेस युनियनको स्थापना दिवस मनाइयो

  • मंगलबार, १५ जेष्ठ, २०७५
  • 5 months ago
  • युके

खेमराज रानाभाट, लन्डन ।  नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस बेलायतमा पनि एक कार्यक्रमको आयोजना गरि मनाइयो । प्रेस युनियन बेलायत शाखाले गत आइतबार मे २७ का दिन अल्डरसटमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । 

 

शाखाका संयोजक विपिन निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विष्टले सम्पूर्ण लोकतन्त्र प्रेमी श्रमजीवि पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित प्रेस युनियनले नेपालमा लोकतन्त्र स्थापना, प्रेस स्वतन्त्रता र पत्रकारहरुको हक अधिकारका लागि अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गरे । अब लोकतान्त्रिक प्रणालीको स्थायित्व र यसको कार्यान्वयन जनस्तरमा पुर्याउन निष्पक्ष रहि खरो रुपमा कलम चलाउनुपर्ने बेला आएको उनले बताए । 

 

 

प्रेस युनियन बेलायतका संयोजक विपिन निरौलाले सम्पूर्ण लोकतन्त्र प्रेमी पत्रकारहरुलाई प्रेस युनियन स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देश विदेश जहांबाट क्रियाशील रहेपनि प्रेस स्वतन्त्रता, पत्रकारहरुको हकअधिकार र नागरिकको मौलिक हक अधिकारका लागि एकजुट भई निरन्तर रुपमा लागि रहनुपर्ने बताए।

 

एनआरएनए आईसीसी सदस्य तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व उपाध्यक्ष कुमारी गुरुङले जनसम्पर्क समिति बेलायत र नेपाली कांग्रेसलाई वर्तमान अवस्थामा सहि मार्ग निर्देशन गर्न प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई रचनात्मक सहयोग गर्न आग्रह गरिन् । 

 

प्रेस युनियन बेलायत शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सफलताको लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले शुभकामना सन्देश पठाएका थिए भने महासचिव अजय बाबु सिवाकोटीले अनलाईन भिडियो मार्फत सम्बोधन गरेका थिए। 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै सम्पन्न अधिवेशनमा प्रेस युनियनमा आवद्ध पत्रकारहरुको भूमिका र प्राप्त सफलताको समिक्षा गरिएको थियो। 

 

सो अवसरमा प्रेस युनियन र जनसम्पर्क समिति बेलायतले पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टलाई सम्मान गरेका थिए भने महासंघको बेलायत शाखामा नवनिर्वाचित महासचिव सञ्जय भक्त कंडेल र सदस्य खेमराज रानाभाटलाई केन्द्रीय महासचिव विष्ट, प्रेस युनियन र जनसम्पर्क समिति बेलायतका पदाधिकारी र सदस्यहरुले शुभकामना, बधाई दिंदै सम्मान गरेका थिए । 

 

पत्रकार महासंघको बेलायत शाखाका नवनिर्वाचित महासचिव कंडेल, एनआरएनए बेलायतका उपमहासचिव विनय अधिकारी, यति नेपाली एशोसियसन बेलायतका महासचिव तथा पत्रकार बाचस्पति रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार खेमराज रानाभाटले गरेका थिए ।   

 


थप समाचार

माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

  • 14 minutes ago
माइक्रो चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउन थाले

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले शनिबारदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी र

बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

  • 23 minutes ago
बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

काठमाडौं । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सांसद आलेको नामको फेसबुकबाट यस्तो ठगी धन्दा

  • 33 minutes ago
सांसद आलेको नामको फेसबुकबाट यस्तो ठगी धन्दा

डोटी । डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सफल जीवनः जब ज्याक मा ३० ठाउँमा अस्विकृत भए

सेप्टेम्बर १०, १९६४० मा जन्मेका मा युँ व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यवसायी तथा अलिबाबा समूहको सस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।