ISMT

HUB Education

बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको स्कुलमा किन विद्यार्थी घटे ?

Education Park

 

Kathmandu Trade Show

 

गोरखा । भूकम्प गएकै वर्ष बेलायती राजकुमार ह्यारी नेपाल आए । काठमाडौँमा केहि दिन बिताएर कसैलाई पत्तो नदिई एकाएक उनि हराए । सुरक्षा स्रोतलाई समेत सुइँको नदिई काठमाडौँबाट एकाएक हराएका ह्यारीको अवस्था केहि दिनपछि मात्रै सार्वजानिक भयो । उनि सार्वजानिक हुदाको तस्विर सामाजिक सञ्जाल र संचारमाध्यमहरुमा भाइरल नै बन्न पुग्यो । तस्विरमा थिए उनै ह्यारी तर उनले काँधमा काठ बोक्दै गरेको तस्विर बाहिरिएपछि सबैको मन तानियो गोरखाको धार्चे गाउँपालिका ७ लापुवेशीमा ।

 

भूकम्पले क्षति भएको लापुवेशीको प्रभात किरण माध्यामिक विद्यालयको पूर्ननिर्माणमा आफ्नो १४ जनाको टोलीसँगै ह्यारी आफै खटेका थिए । विद्यालयका प्रधानाध्यापक जिवबहादुर गुरुङ सम्झन्छन् ‘ह्यारीले स्कुलमा सबै काम गरे, ढुंगा बोके, जग खने, डीपीसी गरे, जंगलबाट नाल पनि बोके’ गुरुङले भने ‘त्यतिमात्रै होइन काँधमा पानी बोकेर स्कुलसम्मपनि ल्याए ।’

 

भूकम्पले ध्वस्त भई पठनपाठनमा बाधा पुगेको सो विद्यालय बेलायती राजकुमार ह्यारीले आफै खटेर स्कुल त बनाए तर पढ्ने विद्यार्थी भने दिनप्रतिदिन घट्दै गएका छन् । कक्षा १० सम्म पढाई हुने प्रभात किरणमा डेढ सय पनि विद्यार्थी छैनन् भन्दा आश्चर्य लाग्ला । तर यो सत्य हो । २०७२ सालमा ह्यारी सो विद्यालय पुग्दा १ सय ६५ जना विद्यार्थी भएकोमा अहिले घटेर १ सय ३१ मा झरेको छ । ‘बर्षेनी विद्यार्थी घट्दै गएका छन्’ विद्यालयका प्रअ गुरुङले भने ‘सबैभन्दा बढि यो बर्ष एकैचोटी ३० जना घटे ।’

 

यस विद्यालयमा विद्यार्थी घट्नुमा राजकुमार ह्यारीको भने कुनै दोष छैन । दोष छ त अशिक्षाको छ, गरिबी र बेरोजगारीको छ अनि सँगै बिचैमा पढाई छोडेर गरिने बालबिवाहको पनि उत्तिकै दोष छ । ‘यस क्षेत्रमा धेरै बालविवाह छ, बेरोजगारी र गरिवीका कारण पढाई छोड्नेको संख्या पनि उत्तिकै छ’ प्रअ गुरुङले थपे ‘भौगोलिक विकटता र बाटोका कारण पनि विद्यार्थीहरु विचैमा पढाई छोड्छन ।’

 

कक्षा ७ मा पुगेपछि सुरु हुने विद्यालय छोड्ने लहर ९ कक्षा पुग्दासम्म पनि चल्छ । सबैभन्दा बढि भने बालविवाहका कारण नै विद्यार्थीले पढाई छोड्ने गरेको विद्यालय बताउछ । गुरुङ र केहि विक समुदायको बसोबास रहेको लापुवेशी क्षेत्रमा बढ्दो बेरोजगारी अर्को समस्या हो । ‘पढाई छोडेर इन्डियातिर काम गर्न जानुपर्ने बाध्यता छ’ विद्यालयका प्रअ गुरुङले भने ‘के गर्नु शिक्षाको स्तर माथी गएको छैन, बेरोजगारीका कारण छात्रा पनि पढाई छोडेर काम खोज्न भौतारिनु पर्ने अवस्था छ ।’

 

 

विद्यालयमा यो अवस्था सृजना हुनुमा मोवाइल र सामाजिक सञ्जालको दुरुपयोग बढ्नु पनि उत्तिकै रहेको शिक्षकहरु नै बताउछन् । भूकम्पपछि बर्षेनी शिक्षाको गुणस्तर खस्किदै गएको विद्यालय बताउछ । ‘पहिला बरु पढाईको स्तर ठिकै थियो, विद्यार्थी पनि अहिलेभन्दा धेरै नै थिए’ प्रअ गुरुङ सम्झन्छन् ‘अहिले विद्यालय भवन नि अस्थायी छ, कक्षाकोठा पनि स–साना, न ल्याव छ, न अरु केहि सुविधा नै दिन सकेका छौ ।’

 

यो समस्या सो विद्यालयमा मात्रै होइन । धार्चे गाउँपालिकाको अधिकांश विद्यालयको हालत उस्तै छ । कम उमेरमा विवाह गर्नु यस क्षेत्रको मुख्य समस्या बनेको छ । बाल बिवाह रोक्न विद्यालय र गाउँपालिकाले बिभिन्न सचेतनामूलक कार्यक्रम नै अघि सारेका छन् । अहिले गाउँपालिकाभरका विद्यालयमा बालविवाहको समस्या हल गर्न विद्यालयहरुमा विद्यार्थी र अभिभावकहरुलाई अभिमुखिकरण गर्न समेत थालिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । 

 

 

 

 


थप समाचार

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

  • 7 minutes ago
यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।

विश्वकै सबैभन्दा मिहिनेती देश जापानबारे १० अनौठा तथ्यहरु

  • 12 minutes ago
विश्वकै सबैभन्दा मिहिनेती देश जापानबारे १० अनौठा तथ्यहरु

एजेन्सी । विश्वमा जापानको छुट्टै पहिचान रहेको छ । विश्वमा सबैभन्दा मिहिनेती देश जापानलाई मानिन्छ । करीब ६ हजार आठ सय द्विपहरु मिलेर बनेको जापानबारे अनेकौं तथ्यहरु रहेका छन्, जसको तपाइलाई जानकारी नहुन

अरुबाट आशा गर्दै नगर्नुहोस्

  • 19 minutes ago
अरुबाट आशा गर्दै नगर्नुहोस्

‘बीच जंगलमा दोबाटो भेटियो । बाटाहरु एक अर्काबीच छुट्टिए । मैले बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’ –रबर्ट फ्रस्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

एजेन्सी । आजभोली धेरैजसो मानिसको वैवाहिक जीवनमा आपसी तालमेलमा कमी आएको पाइन्छ । जसकारण पति तथा पत्निले मानसिक तनाव तथा अन्य समस्याहरु झेल्नुपर्छ । यस्तो अवस्थामा जीवन बोझ लाग्छ भने निराशा हावी हुन्छ । यस्तो परिस्थितिबाट बच्नका लागि पति तथा पत्नी दुवैैले कस्तो उपाय अपनाउने भनेर मुख्य तीन कुराहरुको चर्चा गरौं ।

विचित्र विश्व

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।